‘पुरानो डुङ्गा’ नम्बर १ ट्रेण्डिङमा, करिब २५ लाख भ्यू

८ बैशाख २०७५, शनिबार ०८:४२

हेटौँडा, ८ बैशाख । देशभरिका हलहरुमा राम्रो चर्चा पाएको नेपाली कथानक चलचित्र युट्युबमा अपलोड भएसँगै नम्बर १ ट्रेण्डिङमा परेको छ । यो समाचार तयार पार्दासम्म यो चलचित्रलाई २४ लाख ९७ हजार ७ सय १२ पटक हेरिएको छ ।

सिनेमा आर्ट प्रोडक्सन ब्यानरमा बनेको चलचित्र दाजुभाइको सम्बन्ध र सामाजिक कथालाई देखाइएको छ । चलचित्रमा दयाहाङ राई, माआत्से गुरुङ, प्रियंका कार्की, मेनुका प्रधान, डिबि गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको कथा माओत्से गुरुङले लेखेका हुन् । रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्रको ‘निरा जहिले रिसाउनी’ बोलको गीत सर्वाधिक चर्चित बनेको थियो ।

हेर्नुहोस् चलचित्र–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*