चर्चाको केन्द्रबिन्दुमा ‘तरकारीवाली’, बैशाख २८ गते पर्दामा डेब्यू

८ बैशाख २०७५, शनिबार ०२:५४

-चन्द्र घलान

मकवानपुर, ८ बैशाख । नेपाली कथानक चलचित्र ‘लम्फु’ को प्रदर्शन मिति नजिकिएसँगै चलचित्रकी नायिका कुशुम श्रेष्ठ ‘तरकारीवाली’ चर्चा सुरु भएको छ । अभिनय क्षेत्रमा आउनुपूर्व नै गाउँमा सामान्य तरकारी बेच्ने युवतीका रुपमा भाईरल भएकी उनको यो डेब्यू चलचित्र हो । बैशाख २८ गते प्रदर्शन मिति तोकिएको चलचित्रका गीतहरु समेत अहिले चर्चामा छन् ।

चलचित्रमा कुशुमसँगै सलोन बस्नेत, कबिर खड्का, मरिस्का पोखरेल, चाँदनी शर्मा, सञ्जीत भण्डारी लगायतको अभिनय छ । भुपतिको कथा र पटकथामा निर्मित चलचित्रलाई गोपाल चन्द्र लामिछानेले निर्देशन गरेका हुन् ।

तरकारीवाली, कुशुम श्रेष्ठ

सरल र सामान्य पहिरनमा समेत सुहाउँदो देखिने कुशुमलाई मन पराउने र अफर दिनेहरु धेरै छन् तर उनकै भनाई अनुसार उनी अझै सिंगल नै छिन् । ‘लम्फु’ मा आफ्नो निक्कै राम्रो भूमिका रहेकाले अभिनयमा स्थापित हुने विश्वास उनीसँग छ । चलचित्र राम्रो बनेको र हिट हुने उनी बताउँछिन् ।

फिटनेशमा खासै केयर नगरेता पनि उनलाई सिम्पल भएर हिँड्न मनपर्छ, आँखामा गाजल, ओठमा लिपस्टिक र गालामा क्रिम पाउडर लगाउनु बाहेक अन्य मेकअपमा उनी खासै रुची राख्दिनन् । फिटनेसको लागि खासै टाईम नछुटाएकी उनी भन्छिन् ‘म गाउँमा हुर्किएकी छोरी हुँ । त्यसैले घरको कामले नै मेरो एक्सरसाइज हुने गरेको छ । अहिले भने मर्निङ वाक पनि जान थालेकी छु ।’

तस्बिर–लम्फु चलचित्रको गीतबाट

फेसनमा खासै लगाव नराख्ने उनी आफूलाई राम्रो लागेको, सुहाउने पहिरन किन्ने गरेको बताउँछिन् । चलेकै पहिरन भए पनि आफूलाई सुट नगरेमा त्यस्ता पहिरन रोजाईमा नपर्ने उनी दाबी गर्छिन् । उनलाई पहेँलो कलरको पहिरन निकै मनपर्छ र सुहाउने उनी बताउँछिन् । कुर्ता, सुरुवाल, वान पिस, पाइन्ट, टिसर्ट लगायतका प्रायः सबै प्रकारका पहिरनमा राम्री देखिने कुसुम आफुलाई सिम्पल ड्रेसमै राम्री देखिने बताउँछिन् ।

तस्बिर–लम्फु चलचित्रको गीतबाट

भ्रमणमा रुचि राख्ने उनलाई प्राकृतिक दृश्यहरुले भरिएको ठाउँमा टुर जान मनपर्छ । उनलाई मनपर्ने नायकहरु आर्यन सिग्देल, पल शाह, प्रदीप खड्का र अनमोल केसी हुन् । अभिनयमा भर्खरै पाईला टेकेकी उनले सफ लबनेर अभिनेत्रीका रुपमा सबैमाझ चर्चित हुने लक्ष्य लिएकी छिन् । सबै कुरा सिम्पल एण्ड क्युट भए पनि कुशुमको एउटै बानीले भने उनलाई समेत दिक्दार बनाउँछ, त्यो बानी हो ढिला उठ्ने बानी । उनी आफु बिहान सबेरै उठ्न नसक्ने बताउँछिन् ।

तस्बिर–लम्फु चलचित्रको गीतबाट


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*