प्रेमिकाले गाउँले भनेपछि सञ्जयले पारे सबैलाई चकित

६ बैशाख २०७५, बिहीबार ११:१२

मकवानपुर, ६ बैशाख । यदि तपाईको प्रेमिकाले तपाईलाई गाउँले भनेर हेपिन् भने तपाईलाई कस्तो असर पर्छ ? अवश्य पनि पिडा महशुस हुन्छ नै तर आफ्नी प्रेमिकाले गाउँले भनेर हेपेपछि गायक सञ्जय मण्डलले प्रेमिकालाई नै चकित पारेको म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।

गायक मण्डलको सार्वजनिक भएको नयाँ ‘गाउँले गाउँले नभन कान्छी’ बोलको गीतमा गाउँले भनेर हेला गरिएको प्रेमीले अन्तिममा प्रेमिकालाई नै चकित पारेको कथालाई समेटिएको छ । गायक मण्डलकै शब्द, संगीत र आवाजमा समेटिएको गीतको म्यूजिक भिडियोलाई अजय वाईबाले निर्देशन गरेका छन् ।

म्यूजिक भिडियोमा संजयसहित भविसा क्षेत्री, विजयकृष्ण, सुयोङ्ग, पूर्णिमा, सुक्रिमा, विशाल, संगम, आशिष, अञ्जली, रवि, विपना, नरेश लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।
हेर्नुहोस् भिडियो–

महोत्तरीको बर्दिबासमा जन्मिएका मण्डलले वि.सं. २०७१ सालबाट सांगितीक यात्रा सुरु गरेका हुन् । हाल हेटौँडामा बसोबास गर्दै आएका गायक मण्डलले यसअघि पनि मायालु तिम्रो मायाले, हाँसि राखन लगायतका गीतहरु रेकर्ड गराई सकेका छन् । मञ्डलले चलचित्र लिटिल स्टारमा समेत ब्याकराउण्ड स्कोर दिउका छन् । औद्योगिक व्यापार मेलादेखि चितवन महोत्सव, बर्दिवास महोत्सव लगायतका सांगितीक कार्यक्रममा समेत सहभागी भएर प्रस्तुति दिएका उनले यो गीतलाई सबैले मनपराउने अपेक्षा गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*