सपनामा सहवास गरेको देख्नुको अर्थ के हो ?

६ बैशाख २०७५, बिहीबार ०७:२३

एजेन्सी, ६ बैशाख । भनिन्छ हामी जुन कुराका बारेमा बढी सोच्छौँ त्यसैलाई सपनामा देख्छौँ । हाम्रा मनमा दबिएका कुराहरुलाई नै हामीले बढी सपनामा देख्ने गर्छौँ भन्ने विश्लेषणहरु पनि पाईन्छ । यसरी नै कहिलेकाँही मानिसले सपनामा परिचित वा अपरिचित महिला वा पुरुषसँग सहवास गरेको सपनाहरु प्नि देख्छन् । राती सपनामा विभिन्न व्यक्तिहरुसँग सहवास गरेको देख्नुको अर्थ के हो ? हामीले समाचार एजेन्सीहरुको सहयोगमा यो सामाग्री तयार पारेका छौँ ।

१. पति वा प्रेमीसँग सहवास गरेको सपना देखेमा :
यदि तपाइँले सपनामा आफ्नो पति वा प्रेमीको साथ सहवास गरेको सपना देख्नुभयो भने यसका दुई अर्थ हुनसक्छन् । या त तपाइँको पति वा प्रेमीसँगको सम्बन्ध प्रगाढ छ, या त तपाइँले पति वा प्रेमीबाट चाहानुभएको सन्तुष्टि पाइरहनुभएको छैन ।

२. पूर्व प्रेमीसँग सहवास गरेको देखेमा :
यदि तपाइँले आफ्नो पूर्व प्रेमीसँग सम्भोग गरेको सपना देख्नुभयो भने यसको अर्थ पूरानो ब्वाइफ्रेन्डसँग तपाइँको सेक्स लाइफ निकै राम्रो थियो भन्ने हुनसक्छ । तपाइँले देखावटी रुपमा अहिलेको प्रेमीलाई मन पराउनुभएको भए पनि मनमा पूरानो प्रेमीले नै लोभ्याइरहेको छ भने तपाइँले ऊ सँग सम्भोग गरेको सपना देख्नसक्ने सम्भावना बढी हुन्छ । यस्तो सपना देख्नुले तपाइँ आफ्नो नयाँ प्रेमीसँग सन्तुष्टिका साथ सहवास गर्न पाउनुभएन वा नयाँ प्रेमीसँग पनि खटपट हुनथालेको छ भन्ने प्रष्ट हुन सक्छ ।

३. चर्चित नायकसँग सहवास गरेको सपना देखेमा
तपाइँले कुनै चर्चित हिरोसँग सहवास गरेको सपना देख्नुभयो भने यसको अर्थ तपाइँले आफ्नो प्रेमी वा पतिमा अरु केही कुरा खोजिरहनुभएको छ भन्ने देखाउँछ । हिरोको सफलता र खुबीसँग आफ्नो प्रेमी वा पतिलाई दाँजिरहनु भयो भने तपाईले यस्तो सपना देख्ने सम्भावना बढी हुन्छ ।



४.प्रेमीसँग बिछोड भएको सपना देखेमा

प्रेमीसँगको विछोड भएको सपना देख्नुभयो भने यसको अर्थ तपाइँले आफ्नो प्रेमीसँग संवेगात्मक निकट सम्बन्ध र बढि समय चाहनुभएको छ तर त्यो पाइरहनुभएको छैन भन्ने हुन्छ । सम्बन्धमा खटपट आएको वा निकट भविष्यमा आउने ठूलो परिवर्तन वा घटनाको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा चिन्तित रहेको बेलामा पनि प्रेमीसँग बिछोड भएको सपना देखिने यौनमनोविज्ञहरुले बताएका छन् ।

यी अर्थहरु विभिन्न समाचार एजेन्सी अनुसार तयार पारिएको हो । यो सबैमा सतप्रतिशत लागु नहुन पनि सक्छ । तर यस्ता सपनाहरुको आधारमा तपाईले सामान्य अर्थमा आफ्नो अवचेतन मनका कुराहरु बुझ्न सक्नुहुन्छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*