सुस्मितालाई शिक्षकको पहिलो प्रेमपत्र

४ बैशाख २०७५, मंगलवार ०२:४८

काठमाडौँ । ५ बर्ष अगाडी गायक ऋषी खड्काको गीत ‘फर्किएको फुल’ माथी बनेको म्युजिक भिडियोबाट अभिनयमा डेब्यु गरेकी हुन् सुस्मिता बुर्लाकोटी । पहिलो गीतबाटै चर्चामा पाउन सफल उनले त्यसपछि लगातार म्युजिक भिडियो अभिनय अफर पाइन् । भिडियो अभिनयको सिलसिलामै उनलाई बिभिन्न स्टेज कार्यक्रमको अवसर समेत मिल्यो । स्टेज कार्यक्रममा डान्स गर्दै आफुलाई निखार्दै म्युजिक भिडियो अभिनयमा समेत रमाउदै आएकी उनले मुम्बइको एक होली स्पेसल कार्यक्रमको समेत अवसर पाइन् । सोही कार्यक्रममा उनले बलिउडको एक निर्माता भेटिन् जितेस कुमार ।

उनी बलिउड सिरियलका चर्चित निर्माता पनि हुन् । जितेसले उनलाई निर्माण हुदै गरेको ‘सुरक्षा’ सिरियलको लागी अडिसन दिन सुझाए । अडिसनबाट उनी सिरियलको मुख्य भुमिका सुरक्षाको रोलमा छानिइन् । उक्त सिरियल अहिले प्रसारण भइरहेको छ । महिलाको बिषयमा बनेको यो सिरियलको क्रममा उनी बिचबिचमा काठमाडौ आउने जाने गर्दथिइन् । यही क्रममा उनले ‘कसिंगर’ चलचित्र अभिनय अवसर पाइन् । यो पछि उनले ‘टाइम’ र ‘एक्ट्रा मायामा’ भन्ने चलचित्र पाइन् । यी तीन चलचित्र मध्य ‘एक्ट्रा मायामा’ अहिले प्रदर्शनको क्रममा छ ।

उनको अभिनयको हिसावले यो तेस्रो चलचित्र भएपनि प्रदर्शनको हिसावले पहिलो हो । बलिउड देखि कलिउडसम्मको अभिनय अनुभव संगालेकी काठमाडौ सतुङगलकी स्थायी बासिन्दा अभिनेत्री सुस्मिता चलचित्र ‘एक्ट्रा मायामा’ प्रदर्शनमा आउन लागेकोमा एक्साइटेट पनि छिन् ।

‘मेरो तेस्रो चलचित्र हो । तर रिलिजको हिसावले पहिलो हो । अभिनयमा जति नै राम्रो गरेपनि चलचित्र रिलिजको समयमा डर लाग्दो रहेछ ।’ उनले भनिन् ‘ पहिलो पटक आफुले मुख्य भुमिका निर्बाह गरेको चलचित्र दर्शक माझ आउँदैछ । के हुन्छ कस्तो हुन्छ, भनेर डर पनि छ ।’ दर्शकले बल्ल आफ्नो काम देख्न लागेकोमा खुसी पनि भएको उनी सुनाउँछिन् । उनले भुमिका खुलाइन् ‘याज अ लभर गर्ल’को भुमिकामा छु । शहरिया प्ले गर्ल टाइपको पनि छ ।’ बलिउडमा समेत अभिनय गरिसकेकी उनी सौदर्य कलाकारको मुख्य गहना भएको धारणा राख्दछिन् ।

‘यसमा अभिनेत्रीले बिषेश ध्यान राख्नु पर्ने नैै हुन्छ ।’ उनको भनई हो यो । घरमा म नर्मल मेकअपमा बस्न रुचाउँने उनी गाजल र लिबिष्टिक कहिलै पनि लगाउन छुटाउदिनन् । फेसन तिर त्यति ध्यान नदिने उनी अधिकाँश समय पाइट टिसर्ट लगाउछिन् । भन्छिन् ‘यो लगाउन पनि सजिलो लाग्छ ।’ उनी आफु राम्रो र सेक्सी सारीले देखिने बताउछिन् । अभिनयमा बिक्न आफु फिटहुनु पर्ने बुझेकी उनले हल्का फुल्का एक्सरसाइज समेत गर्ने गरेकी छन् । तर आफुलाई फिट राख्न बिषेश ध्यान उनले खानामा दिन्छिन् ।

अभिनयमा सफल हुँने धेरै भन्दा धेरै दर्शकको माया पाउने सपना पालेकी उनले छिट्टै रिसाउँने आफ्नो खराब बानी रहेको बताइन् । हेर्दैमा ह्याण्डसम, बानी ब्यहोरा र शिक्षा पनि राम्रो भएको र पैसालाई महत्व नदिने केटा मन पराउने उनी अहिले सिंगल छिन् । प्रेमत होला नी ? ‘छैन , छैन’ उनले थपिन् ‘प्रेममा रमाउने समय पनि भएन । परिवारको सपोट बिना सानै उमेरबाट अभिनय क्षेत्रमा होमिए । यसले गर्दँ प्रेम तिर ध्यान गएन ।’ त्यसो त प्रेमका अफरहरु नआएको भने होइन उनलाई । करियर बनाउने दौडमा भएकोले कुनैपनि अफर नस्वीकारेको उनले बताइन् । पहिलो प्रेम पत्र १० कक्षामा पढ्दा ट्युसन पढाउने टिचरले दिएको बताउने उनले सो पत्र डराएर च्यातेको बताइन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*