वान पिस–नायिका दिपिका प्रसाईको रोजाई

३ बैशाख २०७५, सोमबार १६:१२

काठमाडौँ, ०३ बैशाख । चलचित्र ‘ऐश्वर्य’बाट डेब्यु गरेकी अभिनेत्री दीपिका प्रसाई अहिले चर्चामा छिन् । प्रचारप्रसारले राम्रो बजार तताएकी उनी चलचित्र पनि सफल भएपछि थप चर्चामा छिन् । ऐश्वर्यमा हट अवतारमा देखिएकी उनलाई अहिले चलचित्र खेलाउन खोज्नेको घुईचोँ छ ।

आफूले चलचित्रमा मेहनेत गरेको बताउने उनी मोडलिङ हुँदै चलचित्रमा भित्रिएकी हुन् । दीपिकालाई हेभी भन्दा हल्का मेकअप मन पर्छ । सनब्लक लगाउनु उनलाई मन पर्छ ।

चलचित्र ऐश्वर्यको ट्रेलरबाट लिइएका तस्बिरहरु

फेसनको मामलामा उनी निकै अपडेट छिन् । वान पिस र गाउन उनलाई मन पर्छ । उनको भनाइ अनुसार, उनलाई गाउन र वान पिसले ग्लामरस देखाउँछ । स्नातक सकेर उनी चलचित्रमा प्रवेश गरेकी हुन् । उनलाई उच्च शिक्षापछि नै यो क्षेत्रमा आउने रहर थियो । सानैमा प्रेम प्रस्ताव फेस गरेकी दीपिकाले अहिलेमात्र त्यसबारे बुझेको बताउँदै आएकी छिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*