राजकुमार मोक्तानको ‘सेर्कु’ छायाँकनका लागि फ्लोरमा

३ बैशाख २०७५, सोमबार ०९:४९

काठमाडौँ, ०३ बैशाख । प्रिन्स मुभिज एण्ड एक्स्ट्राग्यान्जा प्रा.लि.को ब्यानरमा निर्मित तामाङ कथानक चलचित्र ‘सेम ताबा म्ही’ को सफलतापछि निर्देशक राजकुमार मोक्तानको दोस्रो चलचित्र आउने भएको छ । मोक्तानको निर्देशनमा तामाङ चलचित्र ‘सेर्कु’ को छायाँकन बैशाख २ गतेबाट धादिङमा आरम्भ भएको हो ।

‘सेर्कु’ मा तामाङ कला, संस्कृति तथा रीतिरिवाजको कथा रहने निर्देशक मोक्तानले जानकारी दिएका छन् । सेर्कुमा ‘सेम ताबा म्ही’ का कलाकारका साथमा नयाँ कलाकारहरुले अभिनय गर्ने छन् । चलचित्रमा नायिका चाँदनी मोक्तान, ऋतुराज पाख्रिन, सुष्मा मोक्तान, सुष्मा थिङ, श्यामलाल लामा (योञ्जन), उर्मिला वाईबा, निमा रुम्बा लगायतका कलाकारहरुको अभिनय रहने निर्माण पक्षले जानकारी दिएको छ ।

चलचित्रका मुख्य निर्माता सिद्धार्थ मोक्तान र राज कुमार मोक्तान रहेका छन् त्यस्तै सह–निर्मातामा निमा दावा तामाङ (रुम्बा) र तेञ्जिङ शेर्पा (ह्योल्मो) रहेका छन् । छायांकन र कोरियोग्राफी रोशन फ्युबाको रहनेछ । चलचित्रको कथा,पटकथा,संवाद नायकमा ऋतुराजले लेखेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*