मुटु कहिलेकाहिं यो शहरभन्दा माथि उड्छ

२ बैशाख २०७५, आईतवार ०७:११

गजल
-सवि लामा
कोगटे, मकवानपुर

मुटु कहिलेकाहिं यो शहरभन्दा माथि उड्छ
उषा अनि सन्ध्याको प्रहरभन्दा माथि उड्छ ।

उठिरन्छ चाहनाको भूल्काहरू ठूलासाना
अझ धेरै आज मन रहरभन्दा माथि उड्छ ।

सुन्छु कति बेतोड छ गति यो मुटुको
नरोकिने पवनको लहरभन्दा माथि उड्छ ।

बतासिंदै जान्छ मन खै कून्नि कताकता
आफैमा यो काबु राख्ने ठहरभन्दा माथि उड्छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*