एक मिनेट कम्मर मर्काएपछि एक करोड तलब

२ बैशाख २०७५, आईतवार ०५:५३

एजेन्सी, ०२ बैशाख । चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडा हलिउडमा समेत व्यस्त नायिकामा पर्छिन् । उनी कहिलेकाहीँ मात्र भारत आउँछिन् र केही दिन बसेर फेरि अमेरिका फर्किन्छिन् ।

भारत बसाईका क्रममा हुने कार्यक्रममा प्रस्तुति दिए बापत प्रियंकाले लिने गरेको पारिश्रमिक सुनेर तपाईलाई अचम्म पनि लाग्न सक्छ । उनले कम्तिमा पनि एक मिनेट प्रस्तुति दिएको एक करोड भारतीय रुपैयाँ लिने गरेकी छिन् । केही समय अघि भएको जि सिने अवार्डमा पर्फम गर्ने निश्चित भएपछि उक्त कार्यक्रममा उनले पाँच मिनेट नृत्यका लागि ५ करोड भारु लिएकी थिइन् ।

भारतीय मिडियाका अनुसार प्रियंकाले मिनेटको १ करोड भारुका दरले पारिश्रमिक लिएका थिए । पारिश्रमिक नमिलेको ठाउँमा उनले प्रस्तुति पनि नदिने गरेको बताइएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*