बहुचर्चित बाहुबलीपछिको नयाँ रेकर्ड साउथ सुपरस्टार रामचरणको फिल्म ‘रंगास्थलम’

२ बैशाख २०७५, आईतवार ०४:२७

एजेन्सी, ०२ बैशाख । साउथ सुपरस्टार रामचरणको पछिल्लो रिलिज ‘रंगास्थलम’ले दर्शक तथा समिक्षक दुवैको मन जित्दै सर्वाधिक चाँडै १०० करोड कमाउने दोस्रो तेलेगु फिल्म बन्न सफल भएको छ । फिल्मले चार दिनमा विश्वव्यापीरूपमा १०० करोडको ग्रस कमाइ गर्न सफल भएको हो । यसअघि यो रेकर्ड ‘बाहुबली’ले बनाएको थियो ।

मंगलबार फिल्मका निर्माताहरूले यसको पुष्टि गरेका हुन् । रिलिजको चौथो दिनसम्ममा फिल्मले १०२ करोड भारू कमाइ गरेको उनीहरूको दाबी छ । फिल्म राम चरणको आजसम्मको फिल्मी करियरको सर्वाधिक ठूलो सुरूवाती व्यापार गर्ने पिल्म पनि भएको छ ।


फिल्ममा उनी श्रवण शक्ति नभएका तर ओठको चालबाट भनेका कुरा बुझ्ने इन्जिनियरको भूमिकामा छन् । फिल्मलाई धेरैले रामचरणको करियरको आजसम्मकै उत्कृष्ट फिल्म भनेका छन् । रिलिजको दोस्रो सातामा चलिरहेको फिल्मले विश्वव्यापीरूपमा हालसम्म १५० करोड भारूको ग्रस कमाइ गरिसकेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*