डेढ सय करोडको चलचित्रमा हट नायिका दिशा पटानी

२ बैशाख २०७५, आईतवार ०४:०८

एजेन्सी, ०२ बैशाख । हाल प्रदर्शनरत चर्चित चलचित्र ‘बागी २’ की अभिनेत्री दिशा पटानीले डेढ सय करोडको लगानी भएको चलचित्रमा काम गर्ने भएकी छिन् । उनी १५० करोड भारूको महँगो बजेटमा निर्माण हुन लागिरहेको दक्षिण भारतिय फिल्ममा अनुबन्धित भएकी हुन् ।

उनी सुन्दर सिले बनाउने ‘सङ्गमित्र’ फिल्ममा अनुबन्धित भएकी हुन् । ‘मुम्बई मिरर’ले जनाए अनुसार फिल्म जुलाइबाट फ्लोरमा जानेछ । हैदरबादमा ‘बाहुबली’ कै स्तरको सेटमा फिल्म खिचिनेछ । दुई भागमा निर्माण हुने फिल्मको पहिलो भागलाई आगामी वर्ष रिलिज गर्ने तयारी निर्माण कम्पनीको छ ।

विगत एक वर्षदेखि फिल्मको प्रिप्रोडक्सनको काम चलिरहेको छ । फिल्मको दुबै भागको छायाँकन गर्न १८ महिना लाग्ने अनुमान गरिएको छ । फिल्ममा जयम रवि र आर्याको महत्वपूर्ण भूमिकामा अभिनय गर्नेछन् भने दीशा एउटी लडाकु स्वभावकी राजकुमारीको भूमिकामा देखिने बताइएको छ ।
फिल्म हिन्दी, तमिल र तेलेगु गरी तीन भाषामा रिलिज हुनेछ । फिल्मको घोषणा गत वर्ष कान फिल्म फेस्टिवलमा भएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*