चलचित्र ‘भोर’को हेटौँडामा चर्चा

२ बैशाख २०७५, आईतवार ०३:३४

मकवानपुर, ०२ बैशाख । चलचित्र पत्रकार संघ मकवानपुरले गत चैत्र २९ गते नेपाली चलचित्र भोरको च्यारिटि शो सम्पन्न गरेको छ । तराईमा रहेको दाईजो प्रथाको कथामा निमार्ण भएको चलचित्र भोरको हेटौडामा च्यारीटी सो गरिएको हो । चलचित्रको च्यारीटी सो हेरे पछि दर्शकहरुले चलचित्रको खुलेर प्रशंसा गरेका छन्, ।

दर्शकहरु संग बसेर सिनेमा हेर्दै निर्देशक यादब भट्टराईले चलचत्रिमा वास्तविक कथालाई पर्दामा उतार्दा दर्शकहरुले तारिफ गरेको बताए । यसअघि भट्टराईले सती प्रथामा आधारित झोला निर्देशन गरेका थिए । ओमम्याक्स हलमा सम्पन्न च्यारिटि शोमा निमित्त प्रमुख जिल्ला अधिकारी बिनोद प्रसाद खड्का, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक बिकासराज खनाल , माईती नेपालकी संयोजक माया लामा, अस्मिता नेपालकी अध्यक्ष आरती पाठक, शक्ती समुहका क्षेत्रीय संयोजक अस्मिता तामाङ तथा महिला हिंसा तथा मानव अधिकारसम्बन्धि काम गर्ने विभिन्न संघसस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

चलचित्र हेरेपछि प्रतिक्रिया दिँदै प्रहरी उपरिक्षक खनाल तथा माईति नेपालकी संयोजक लामाले यस्ता खालको चलचित्रले समाजमा भएका दाईजो प्रथा जस्ता समस्या न्युनिकरणमा मद्वत पुग्ने प्रतिकृया दिए । चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणीराज गौत्तमले चलचित्र भोर तराईमा भएको वास्तविक घटनामा आधारित चलचित्र भएकोले च्यारिटि शो गरेको जानकारी दिए ।

चलचित्रमा रामनारायण ठाकुर, राजेश सक्सेना, डोलि सरकार र बि.एन पटेल लगायतको अभिनय रहेको छ । चलचित्रलाई देवेन्द्र सुवेदीले निर्माण गरेका छन् । निमार्ता सुवेदीले हेटौडाका दर्शकहरुले भोरलाई बोर नमानी पुर्ण रुपमा हेरेर प्रतिक्रिया दिएकोमा धन्यवाद ज्ञापन गरे ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*