फेरि अर्को मौलिक चलचित्र ‘डमरुको डण्डीबियो’ , टुल्केले कमाल गर्लान् ?

२ बैशाख २०७५, आईतवार ०३:२६

मकवानपुर, ०२ चैत । टुल्के, पशुपति प्रसाद लगायतका पात्रले स्थापित चर्चित कलाकार खगेन्द्र लामिछानेले आगामी बैशाख २१ गतेदेखि देशभर प्रदर्शनमा आउन थालेको चलचित्र ‘डमरुको डण्डीबियो’ मौलिक चलचित्र मनपराउनेहरुको लागि विशेष चलचित्र भएको बताएका छन् ।

चैत्र ३० गते हेटौडामा चलचित्र पत्रकार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका लेखक तथा कलाकार लामिछानेले ‘डमरुको डण्डीबियो’ हेर्ने दर्शक निराश हुनु नपर्ने बताए । बिगतका दिनदेखि नै मौलिक चलचित्र बनाइदै आईरहेको हुँदा यो चलचित्र पनि नेपालको मौलिक खेल ‘डण्डीबियो’ सँगै पारिवारिक प्रेम जोडिएको कथा भएको चलचित्र बनेको उनले बताए ।

उनले सबै दर्शकहरुलाई चलचित्र हेर्न आउन समेत अनुरोध गरे । यो चलचित्र सासुससुरा र बुबाआमा संगै बसेर हेर्न मिल्ने चलचित्र भएको समेत बताए । कलाकार लामीछानेले नेपालको राष्ट्रिय खेलको रुपमा रहेको डण्डीबियो पछिल्लो समय लोप हुन लागेकोले राष्ट्रिय खेलको उत्थानको लागी चलचित्र निर्माण गरिएको बताए ।

चलचित्रमा खगेन्द्र लामिछाने, अनुप बराल, मेनुका प्रधान, बुद्धि तामाङ, लक्ष्मी बर्देवा, नमिता घिसिङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । समृद्धि इन्टरटेन्मेन्टको प्रस्तुति रहेको चलचित्रलाई खगेन्द्र लामिछाने स्वयमले लेखेका हुन् । चलचित्रलाई चेतन गुरुङले निर्देशन गरेका छन् ।
पत्रकार सम्मेलनमा कार्यक्रममा चललिचत्रका निर्माता बिनोद गुरुङ, नायिका लक्ष्मी बर्देवा लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*