पल र आँचलको प्रेमयुद्ध, शत्रु गते चर्चाको शिखरमा

२ बैशाख २०७५, आईतवार ०२:५७
Featured Video Play Icon

मकवानपुर, ०२ बैशाख । चर्चित अन स्क्रिन जोडी नायक पल शाह र नायिका आँचल शर्मा अभिनित नेपाली कथानक चलचित्र ‘शत्रु गते’ले अपेक्षित रुपमा व्यापार गर्दै दर्शकको मन जितेको छ । अफिसियल ट्रेलर सार्वजनिक हुनुपूर्व नै सर्वाधिक पर्खाई बन्न सफल भएको चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै यसले दुई दिनमा नै युट्युबको नम्बर वान ट्रेण्डिङमा पर्न सफल भएको थियो ।

थुप्रै हाँस्य दृश्य र गहकिला संवाद सहितको चलचित्रमा आँचल र पलले आफ्नो प्रेम प्राप्तिका लागि गृह युद्ध नै गर्नुपरेको देखाइएको छ । जीवन र प्रेममा आधारित रहेर लेखिएको चलचित्रको ‘पिरतीको बर्को’ र ‘रुपै मोहनी’ बोलको गीत सुपरहिट भयो ।

चैत्र ९ गतेबाट प्रदर्शनमा आएको चलचित्रले करोडौँ कमाएको अहिले नेपाली चलचित्र उद्योगमा चर्चाको विषय बनेको छ । चलचित्रमा पल र आँचलसहित मह जोडी, प्रियंका कार्की, दिपाश्री निरौला, दिपकराज गिरि, सुस्मा कार्की, शिवहरी पौडेल, किरन केसी लगायतको अभिनय रहेको छ । हरिवंश आचार्यको कथा रहेको चलचित्रलाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन् । चलचित्रलाई महसंचार र किरण केसीको प्रस्तुतीमा निर्माण गरिएको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*