जेडी तमु अभिनित ‘तिमीलाई’ सार्वजनिक

८ आश्विन २०७९, शनिबार १८:५७

मकवानपुर, ८ असोज । चर्चित कोरियोग्राफर तथा कलाकार जेडी तमु अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक मानव तिम्सिनाको आवाजमा रहेको ‘तिमीलाई’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । म्युजिक भिडियोमा जेडीसँगै कलाकार रक्षा थापाले रोमान्टिक अभिनय गरेकी छिन् ।

गायक तिम्सिनाकै शब्द तथा सँगीतमा तयार भएको गीतलाई देवेश राईले एरेञ्ज गरेका हुन् । म्युजिक भिडियोमा जेडी र रक्षासँगै रुपेश लामा, कवि राई, मणि के राई, एलिजा तुम्बापो, नविनचन्द्र अर्याल, रमिता राई, प्रतिना राई, विश्वास मानन्धर, शौरभ कार्की र समिर राईले अभिनय गरेका छन् ।

अनिल सुब्बाको कथा र निर्देशनमा तयार भएको म्युजिक भिडियो भरत राईको परिकल्पनामा तयार भएको हो । डान्सिङ स्टार नेपालमा तहल्का मच्चाएका कोरियोग्राफर जेडी तमुले म्युजिक भिडियोमा रोमान्टिक अभिनय गरेका छन् । हेर्नुहोस् म्युजिक भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*