के ग्यापुमा मासिक ५० हजार कमाउन सकिन्छ ?

५ कार्तिक २०७९, शनिबार १५:४०

चन्द्र घलान, मकवानपुर । ईकमर्स प्लेटफर्म ग्यापुबाट अफिलियट मार्केटिङ गरी ५० हजारसम्म कमाउन सकिन्छ भनेर ग्यापुले दाबी गर्छ । तर साँच्चै ५० हजार कमाउने कसरी ? आज हामी तपाईलाई यस भिडियोमार्फत जानकारी दिँदैछौँ । यसभन्दा अघि यदि तपाईले ग्यापुमा आईडी बनाउनु भएको छैन भने मेरो च्यानलमा रहेको आईडी बनाउने तरिकाबारेको भिडियो हेर्नुहोस् । भिडियोको लिंक मैले डिस्क्रिप्सनमा, माथि आई बटनमा र यस भिडियोको अन्तमा पनि राखेको छु । ग्यापुबाट पैसा कमाउने मुख्य ३ तरिका छन् । ती तरिकाबारे आउनुहोस् एक एक गरी जानौँ ।

१) रिफर एण्ड अर्न–‘रिफर एण्ड अर्न’ का लागि तपाईले ग्यापुको एप डाउनलोड गरि लग ईन गर्नुपर्ने हुन्छ । ग्यापुमा रहेको आफ्नो प्रोफाइल लिकं अर्थात रिफरल कोडलाई साथीहरूसँग सेयर गरेर प्रयोगकर्ताले १० जि–क्यास अर्थात १० रुपैयाँ प्राप्त गर्न सक्नेछन् । साथीले सो लिंक मार्फत इमेल वा फोन नम्बर सहित दर्ता गरेको खण्डमा लिंक पाउनेले १० जि–क्यस र पठाउनेले पुन १० जि–क्यास गरि कुल २० जि–क्यास पाउने व्यवस्था गरिएको छ । यो कसरी गर्ने त ? प्रयोगात्मक रुपमा बुझ्नको लागि कृपया भिडियो हेर्नुहोला ।

२) शेयर एण्ड अर्न–‘शेयर एण्ड अर्न’ बाट पैसा कमाउनका लागि प्रयोगकर्ताले ग्यापुमा रहेको कुनै पनि सामानलाई सेलेक्ट गरेर आफ्नो सामाजिक सञ्जालमा शेयर गर्नुपर्ने हुन्छ । सोही लिंकमा क्लिक गरि सामान खरिद गर्दा लिंक शेयर गर्नेले १० रुपैयाँदेखि ५०,००० रुपैयाँसम्म कमाउन सक्नेछन् । यो कसरी गर्ने त ? प्रयोगात्मक रुपमा बुझ्नको लागि कृपया भिडियो हेर्नुहोला ।

३) ‘अर्न पर क्लिक’–यसका लागि भने प्रयोगकर्ताले ग्यापुको कुनै पनि सामानको लिंक शेयर गर्दा उक्त लिंकको हरेक क्लिकमा अर्थात कसैले लिंक खोल्दा शेयर गर्नेले ०.१० रुपैयाँ प्राप्त गर्ने छ । प्रतिदिन १०० पटकसम्म लिंक क्लिक गर्न पाइनेछ । यो कसरी गर्ने त ? प्रयोगात्मक रुपमा बुझ्नको लागि कृपया भिडियो हेर्नुहोला ।
तपाईले यी तरिका अपनाएर कमाउनु भएको पैसा अर्थात जि–क्यास आफ्नो ईसेवा आईडीमा ट्रान्सफर गरी रिडिम गरेर पैसामा रुपान्तरण गर्न सक्नुहुन्छ । हेर्नुहोस् भिडियोमा पुरा जानकारी–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*