भोईस अफ नेपालमा को हुन् यस्तो दमदार आवाज ?

७ आश्विन २०७९, शुक्रबार १५:२७

मकवानपुर, ७ असोज । द भोईस अफ नेपाल सिजन ४’ को ब्लाईण्ड अडिसनमा यो साता तहल्का मच्चिदैछ । एपिसोड ५ का लागि एउटा यस्तो प्रोमो सार्वजनिक भएको छ जसमा एक जना प्रतियोगीहरुले चारै जना कोचहरुलाई आफुतर्फ फर्काउन सफल भएका छन् । तर उनी को हुन् भनेर प्रोमोमा खुलाइएको छैन । प्रोमो सार्वजनिक भएसँगै ती प्रतियोगीबारे चर्चा सुरु भएको छ ।

प्रोमो अनुसार एक प्रतियोगीले शोमा गायक स्वरुपराज आचार्यको आवाजमा रहेको ‘सम्झनाको साराङ्गी यो’ बोलको गीत गाएका छन् । उनले यो गीत यति दमदार गाएका छन् कि उनको आवाज र सुरको अहिले चौतर्फि चर्चा सुरु भएको छ । प्रोमो अनुसार उनको आवाज सुनेर सुरुमा कोच राजुले बज गर्छन् । त्यसपछि सबै जना कोचहरुले पालैपालो बज गरेका छन् । ती प्रतियोगीले शोमा तहल्का मच्चाउनेमा कुनै दुविधा छैन । आखिर को हुन् त ती प्रतियोगी ? यसको बारेमा जानकारी भने शुक्रबार मात्रै थाह पाईनेछ । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*