ग्यापुमा अनलाईनबाटै हजारौँ रुपैयाँ कमाउने तरिका

४ आश्विन २०७९, मंगलवार ११:२०

चन्द्र घलान, मकवानपुर, ४ असोज । नेपालमै अब अनलाईनबाट अफिलियट मार्केटिङ गरेर मासिक हजारौँ रुपैयाँ कमाउन सकिने भएको छ । ईकमर्श प्लेटफर्म ‘ग्यापु’ ले आफ्ना ग्राहकको लागि घरमै बसेर पैसा कमाउन सकिने अफर ल्याएको हो । ग्यापुको अफिलिएट अफर अन्तर्गत ‘रिफर एण्ड अर्न, ‘शेयर एण्ड अर्न’ र ‘अर्न पर क्लिक’ अफर प्रयोग गरेर महिनाको करिब ५० हजारसम्म कमाउन सकिने भएको हो । यो अफिलियट मार्केटिङ प्रयोग गरेर तपाईले यो साईटबाट अनलाईनमार्फत बिक्री हुने कुनै पनि वस्तुको लिंकलाई फेसबुक, ट्विटर, टिकटक तथा विभिन्न वेबसाईटहरुमा शेयर गरेर पैसा कमाउन सक्नुहुनेछ । साथै आफ्नो रिफरल कोड प्रयोग गरि अन्य साथीहरुलाई यस एपमा जोडेर पनि पैसा कमाउन सक्नुहुन्छ ।

यसका लागि तपाईको कुनै लगानी लाग्दैन र घरमै बसेर मोबाईलबाट वा कम्प्युटरबाटै पैसा कमाउन सकिन्छ । तपाईले कमाउनु भएको पैसा ईसेवा मार्फत रिडिम गरी प्राप्त गर्नुहुनेछ । यसका लागि सबैभन्दा सुरुमा ग्यापुको वेबसाईटमा वा मोबाईल एप डाउनलोड गरी आफ्नो आईडी बनाउनुपर्ने हुन्छ । तपाईले मेरो रिफरल कोडबाट आईडी बनाउनुभयो भने तपाई र मलाई दुबै जनालाई फाईदा हुन्छ । आईडी बनाउनुहुँदा रिफरल कोड लेखिएको ठाउँमा मेरो रिफरल कोड डि सि सिक्स जिरो डी एट थ्री राखेर आईडी बनाउनुहोस् । मेरो रिफल कोड यो भिडियोमा पनि देखिरहनुभएको छ अनि यस भिडियोको तल डिस्क्रिप्सनमा पनि लिंक राखिएको छ । त्यहाँ क्लिक गरेर सिधै आइडी बनाउनुभयो भने तपाईले १५ जिक्यास पाउनुहुनेछ । १५ जि क्यास भनेको १५ रुपैयाँ हो । लिंकमा क्लिक गरेर गएर पनि तपाईले ग्यापुको वेबसाईटमा पुगेर मोबाईल एप डाउनलोड गर्न सक्नुहुनेछ । सुरुमा म तपाईलाई ग्यापुमा आईडी बनाउन सिकाउँदैछु । भिडियोबाट पुरै तरिका हेर्नुहोस्–

–ग्यापुको आईडी बनाउन सबैभन्दा सुरुमा मोबाईलमा रहेको प्ले स्टोर वा एप स्टोरमा गएर Gyapu टाईप गर्नुहोस् र एप ईन्स्टल गर्नुहोस् । अथवा तपाईले https://www.gyapu.com वेबसाईटमा गएर पनि आईडी बनाउन सक्नुहुनेछ ।
–त्यसपछि एप ओपन गर्नुहोस् र तल रहेको Home, Categories, Carts र Profile मध्ये Profile लेखिएको आईकनमा थिच्नुहोस् ।
–यसरी थिचेपछि त्यहाँ तपाईले लग ईन पेज देख्नुहुन्छ । त्यसमा तल रहेको Crate Account भन्ने अप्सनमा थिच्नुहोस् ।
–त्यसपछि तपाईले लग ईन गर्नको लागि आफ्नो नाम, मोबाईल नम्बर, ईमेल आईडी, पासवर्ड र रिफरल कोडहरु राख्नुपर्ने हुन्छ । सुरुमा Name लेखिएको ठाउँमा तपाईको पुरा नाम लेख्नुहोस् । Mobile Number लेखिएको ठाउँमा मोबाईल नम्बर राख्नुहोस् । Email लेखिएको ठाउँमा तपाईको ईमेल राख्नुहोस् । त्यसपछि Confirm Password र Retype Confirm Password मा लग ईन गर्नको लागि पासवर्ड राख्नुहोस् । यी दुबै ठाउँमा एउटै पासवर्ड राख्नुहोस् । अब Referral Code भनेर लेखिएको ठाउँमा मेरो कोड DC60D83 राख्नुहोस् । हुन त यो कोड नराखे पनि आईडी बनाउन सकिन्छ । तर यसो गर्दा चाहिँ तपाईले रिफरल बोनसका रुपमा प्राप्त हुने १५ रुपैयाँ पाउनुहुन्न । तर मेरो रिफरल कोड हाल्नु भयो भने रिफरल कोडबाट ५ रुपैयाँ, रिफर प्राप्त भएको कारण ५ रुपैयाँ र मोबाईल भेरिफाई गरेपछि ५ रुपैयाँ गरी जम्मा १५ रुपैयाँ सुरुमै पाउनुहुनेछ ।

–रिफरल कोड राख्ने ठाउँमा मेरो कोड राखेपछि तपाईले त्यसको तल रहेको बक्समा थिचेर चेक मार्क लगाउनुहोस् ।
–त्यसपछि तपाई रोबोट होईन भनेर भेरिफाई गर्नुपर्छ । त्यसैले यो पार गर्न तपाईले माथि लेखिएको शब्द अनुसारको चित्रमा थिचेर तल रहेको Verify भन्ने अप्सन थिच्नुपर्छ । मलाई यहाँ ट्राफिक लाईटमा चिन्ह लगाउनु भनेर बताइएको छ । त्यसैले मैले ट्राफिक लाईट भएको जत्ति सबै चित्रमा टिकमार्क लगाएँ र अब भेरिफाईमा थिच्नेछु ।
–त्यसपछि Crate Account मा थिच्नुहोस् ।
– त्यसपछि Verify Email भन्ने अप्सन आउँछ । त्यसका लागि अघि तपाईले राख्नुभएको ईमेलमा ग्यापुले एउटा कोड पठाएको हुन्छ । त्यसैले जिमेलमा गएर तपाईलाई प्राप्त भएको ईमेल भेरिफिकेसन कोड राखेर Verify मा थिच्नुहोस् ।
–यति गरेपछि तपाईको आईडी बन्यो । अब तपाईले फेरि तपाईको प्रोफाईलमा गएर मोबाईल नम्बर भेरिफाई गर्न सक्नुहुन्छ । त्यसो गर्न फेरि प्रोफाईल अप्सनमा थिच्नुहोस् र मोबाईल भेरिफाईमा थिच्नुहोस् । त्यसपछि तपाईको नम्बर हाल्नुहोस् र Send Verification Code मा थिच्नुहोस् ।
–अब तपाईको मोबाईल नम्बरमा ४ अंकको ओटिपि कोड आउँछ त्यसलाई OTP Number लेखिएको ठाउँमा हालेर Verify मा थिच्नुहोस् ।
–यति भएपछि तपाईको मोबाईल नम्बर पनि भेरिफाई भयो । यसरी तपाईले १५ रुपैयाँ जि क्यास पाउनुहुन्छ । र त्यसलाई पछि तपाईले ईसेवामा ट्रान्सफर गरेर निकाल्न सक्नुहुन्छ ।

तपाईले तल मेनुमा रहेको Rewards भन्ने अप्सनबाट आफ्नो रिफरल कोड पाउनुका साथै शेयर गर्ने अप्सन पनि देख्नुहुनेछ । त्यसका लागि रिवार्ड भन्ने अप्सनमा जानुहोस् वा आफ्नो प्रोफाईलबाट रिवार्डस् भन्ने अप्सन हेर्नुहोस् । यदि तपाईलाई आफ्नो रिफरल कोड कसरी पठाउने, वा लिंकहरु शेयर गरेर कसरी पैसा कमाउने भन्ने विषयमा पनि थप जानकारी चाहिन्छ भने कृपया मैले बनाएको अर्को भिडियो हेर्नुहोस् । साथै ग्यापुमा कमाएको पैसा ईसेवामा कसरी रिडिम गर्ने भन्ने विषयमा बुगर्ने भन्ने विषयमा बुझ्न पनि मैले बनाएको अर्को भिडियो हेर्न सक्नुहुनेछ । भिडियो केही समयममा नै उपलब्ध हुनेछ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*