राजेश पायल राईले पाए आवाजको हिरा भुपेन्द्र रणपाल

२७ भाद्र २०७९, सोमबार १३:४०

चन्द्र घलान, मकवानपुर, २७ भदौ । द भोईस अफ नेपाल सिजन ४ मा बहुचर्चित गायक तथा शोका कोच राजेश पायल राईले सुमधुर आवाज भएका एक प्रतियोगीलाई आफ्नो टिममा समावेश गरेका छन् । शोको प्रोमो सार्वजनिक भएसँगै भाईरल भएका भुपेन्द्र रनापालले कोच राजेशको टिममा रहने निर्णय गरेसँगै कोच राजेशको टिमले यसपटक पहिलो पटक नै जित हासिल गर्नसक्ने देखिएको छ । तर भुपेन्द्र फाईनलसम्म टिक्लान् वा नटिक्लान् त्यो भने अहिले नै भन्नसकिने अवस्था छैन । शोको दोस्रो एपिसोड सकिँदासम्म कोच राजेशको टिममा भुपेन्द्रसँगै प्रितिका बेघा, चन्द्र कार्की र सुमन सेञ्चुरी रहेका छन् । अब उनको टिममा बाँकी १२ जना प्रतियोगीहरु समावेश हुनेछन् ।

भुपेन्द्र रणपाल झापाको बिर्तामोड तेलीबारी निवासी हुन् । २१ वर्षिय भुपेन्द्र गायनका साथै गार्मेन्ट फ्याक्ट्रीमा समेत काम गर्छन् । बिर्तामोडकै सरगम संगितालयमा संगीत सिकिरहेका भुपेन्द्र दिदीसँगै बस्छन् । भुपेन्द्रको संघर्षको कथा निक्कै पिडादायी छ । बुवाले अर्को विवाह गरेपछि भुपेन्द्र घरबिहिन भए । अनि आमा पनि गुमाए । आमा बितेपछि भुपेन्द्र र उनकी बहिनी दिदीकै घरमा बसिरहेका छन् ।

तार सप्तकसम्म आवाज पुराउन सक्ने भुपेन्द्रलाई कोच राजेशले सँगीतको वरदानका रुपमा चर्चा गरेका छन् । कोच राजेशले तिन दशकभन्दा बढीको साँगितिक यात्रामा पनि भुपेन्द्रको जस्तो टोन नेपालमा नभेटेको भन्दै उनको प्रशंसा गरेका थिए । कोच राजेश पायल राईले आफुले सँगीत सिकाउने होईन बरु आफुले भुपेन्द्रबाट सँगीत सिक्नुपर्ने बताएका थिए । कोच राजु, प्रमोद र प्रविशाले पनि उनको प्रशंसा गरेका थिए । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*