डान्स देखेर निर्णायकहरुको होस् उड्यो

२८ श्रावण २०७९, शनिबार ०७:३१

मकवानपुर, २८ साउन । चर्चित डान्सिङ रियालिटी शो सुपर डान्सरको नेपाली संस्करण ‘सुपर डान्सर नेपाल’ को प्रसारण सुरु भएको छ । बिहीबारदेखि सुरु भएको शोमा एकसाएक डान्सरहरुले तहल्का मच्चाईरहेका छन् । प्रतियोगीहरुको नृत्य यत्ति दमदार छन् कि शोका निर्णायकहरु नै उनीहरुको नृत्य देखेर छक्क परेका छन् । शोमा चर्चित नायक भुवन केसी, नायिका जस्सिता गुरुङ र डान्सर कोरियोग्राफर सुरेन राईले निर्णायकको भूमिका निभाईरहेका छन् । बिहिबारको शोमा सबैभन्दा सुरुमा प्रस्तुति दिएकी मार्साङ तामाङले निर्णायकहरुको मन जित्दै अघिल्लो राउण्डका लागि टिकट पाईन् । काठमाडौँकी १० वर्षीया मार्साङको नृत्य दमदार रहेको थियो । उनी सुपर डान्सर नेपालको पहिलो प्रतियोगी हुन् ।

मार्साङपछि दृशना रिजालले कत्थक नृत्यबाट निर्णायकहरुको मन जितिन् । काठमाडौँकी ११ वर्षीया दृशना पनि अघिल्लो राउण्डका लागि छानिएकी छिन् ।दृशनापछि भाईरल डान्सर आयुश चौधरीले शोमा तहल्का मच्चाए । यसअघि आरआरआर चलचित्रको नाचो नाचो गीतमा नृत्य गरेर भाईरल भएका आयुशले शोमा पनि सबैको मन जिते । उनी पनि अघिल्लो राउण्डका लागि छानिएका छन् । ११ वर्षीय आयुश पर्सा निवासी हुन् ।

यी चर्चित प्रस्तुतिहरुपछि शोमा मन्दिप गुरुङले पनि चर्चा कमाए । तनहुँका ११ वर्षिय मन्दिपको फरक नृत्यले निर्णायकहरुको मन जितेको थियो । मन्दिपको डान्सपछि शोमा फेरि अर्का चर्चित प्रतियोगी सहभागी भईन् । टिकटकमार्फत भाईरल भएकी प्रशन्ना राईले सुपर डान्सरको मञ्चमा पनि तहल्का मच्चाईन् । काठमाडौँकी १२ वर्षीया प्रशन्नासँगै विश्वास थापा, सुप्रिमा थापा लगायतका अन्य प्रतियोगीहरुले पनि शोमा तहल्का मच्चाएका थिए । यी सबै प्रतियोगीहरुले पनि निर्णायकहरुको मन जित्दै अर्को राउण्डका लागि सिट सुरक्षित गरेका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published.


*