भोईस अफ नेपाल सिजन ४ ब्लाईण्ड अडिसनको शुटिङ सकियो

२६ श्रावण २०७९, बिहीबार १८:००

मकवानपुर, २६ साउन । द भोईस अफ नेपाल सिजन ४ को ब्लाईण्ड अडिसनको शुटिङ सम्पन्न भएको छ । द भोईस अफ नेपाल टिमले साउन २२ गते आईतबारका लागि ब्लाईण्ड अडिसनको मिति तोकेको थियो । टिमले आईतबार दिउँसो १ बजेदेखि ब्लाईण्ड अडिसनको निःशुल्क लाईभ शुटिङ हेर्न दर्शकहरुलाई समेत आमन्त्रण गरेको थियो । शोको स्टुडियो धुम्बाराहीमा ब्लाईण्ड अडिसनको छायाँकन भएको हो ।

ब्लाईण्ड अडिसन सकिएसँगै शोको चर्चा थप चुलिएको छ । शो अबको एक महिनाभित्र हिमालय टेलिभिजनबाट प्रसारण हुनेछ । शोको नयाँ प्रोमो र नयाँ सिजनका लागि नयाँ कोचहरु समेत सार्वजनिक भईसकेका छन् । शोका लागि नयाँ कोचका रुपमा चर्चित गायक राजेश पायल राई र चर्चित गायिका प्रविशा अधिकारी समावेश भएका छन् । प्रविशालाई यस अघि नै डान्सिङ स्टार्स नेपालमा द भोईस अफ नेपाल सिजन ४ को नयाँ कोचका रुपमा घोषणा गरिएको थियो भने गायक राजेश पायल राईलाई औपचारिक कार्यक्रमकाबिच नै कोच घोषणा गरिएको हो । भोईसको कोचमा पुराना दुई कोचहरु चर्चित गायकहरु राजु लामा र प्रमोद खरेल पून दोहोरिएका छन् भने कोच दिप श्रेष्ठ यसपटक शोमा सहभागी भएका छैनन् ।

सिजन ४ का लागि ४० हजारभन्दा बढीले डिजिटल अडिसन दिएका थिए । डिजिटल अडिसनबाट उत्कृष्ट १५० जनालाई शोको ब्लाईण्ड अडिसनमा सहभागी गराईनेछ । यी १५० जना प्रतियोगीहरुमध्येबाट केबल ६४ जना प्रतियोगीहरुमात्र ब्याटलका लागि छानिनेछन् । द भोईस अफ नेपालमा अहिलेसम्म सिडी विजय अधिकारी, राम लिम्बु र किरण गजमेर विजेता भईसकेका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published.


*