एनी समशेर र दोर्जे शेर्पा बाहिरिँदा निर्णायकहरु नै आश्चर्यचकित

२६ श्रावण २०७९, बिहीबार १७:५१

चन्द्र घलान, मकवानपुर, २६ साउन । ‘नेपाल्स सिङ्गिङ सुपरस्टार’ गायन रियालिटी शोका चर्चित प्रतियोगीहरु एनि समशेर र दोर्जे शेर्पा शोबाट बाहिरिएका छन् । शोको विजेता दाबेदारहरु मध्येका एक मानिएका यी दुई प्रतियोगीहरु बाहिरिएपछि शोका निर्णायकहरु समेत आश्चर्यचकित भएका थिए । उनीहरु दुबै जना बाहिरिएकोमा निर्णायकहरु निक्कै दुःखी भएको र भोटको नतिजासँग खुशी नभएको देखिन्थ्यो ।

एनी र दोर्जे शोका दमदार प्रतियोगीहरु थिए । गीत गाएरै निर्णायकहरुलाई रुवाउने क्षमता भएकी एनी र वेष्टर्न प्याटर्नका गीतमा तहल्का मच्चाउने खुबी भएका दोर्जे बाहिरिएपछि सुटिङ स्थलमा सन्नाटा छाएको थियो । शोमा यस साता एनी र दोर्जेसँगै भुवन भट्टराई, कुरबान अलि खान, राहुल विश्वास र राजेश राई बटम लाईनमा परेका थिए । उनीहरुमध्ये भोटको आधारमा एनी र दोर्जे बाहिरिएका हुन् । लामो समयदेखि साँगितिक क्षेत्रमा सक्रिय रहेकी सिक्किम निवासी एनी साँगितिक क्षेत्रमा पाश्र्व गायनबाट पनि चर्चित छिन् । उनले यसअघि नै द भोईस अफ नेपालको मञ्चबाट तहल्का मच्चाएकी थिईन् ।

त्यस्तै शोलुखुम्बुका दोर्जेले यसअघि नै चाईनिज गायन प्रतियोगितामा पनि जित हासिल गरेका थिए । साँगितिक क्षेत्रमा चर्चा कमाएका यी दुबै गायक र गायिकाको नेपाल सिंगिङ सुपरस्टारको यात्रा सकिएको छ । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published.


*