द भोईस अफ नेपालका ३ भाईरल भिडियोहरु

२३ श्रावण २०७९, सोमबार १६:२९

चन्द्र घलान, मकवानपुर, २३ साउन । द भोईस अफ नेपाल गायन रियालिटी शो नेपालकै सर्वाधिक चर्चित फ्रेन्चाईज शो हो । यो सामग्री तयार पार्दाको समयमा द भोईस अफ नेपाल सिजन ४ सम्म आईपुगेको छ । सिजन ४ सम्म आईपुग्दा यसमा कयौँ प्रतियोगीहरु र निर्णायकहरु चर्चित बनेका छन् । यस भिडियो सामग्रीमा द भोईस अफ नेपालको हालसम्म सर्वाधिक हेरिएका चर्चित ३ भिडियोहरुका बारेमा चर्चा गर्दैछौँ । यी भिडियोहरु द भोईस अफ नेपालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएका भिडियोहरु हुन् । आउनुहोस् यस बारेमा चर्चा गरौँ ।

नम्बर १ द भोईस अफ नेपालको सर्वाधिक चर्चित भिडियोहरुमध्ये पहिलो नम्बरमा रहेको भिडियो हो चर्चित प्रतियोगी सनिश श्रेष्ठले गाएको ‘जाउँ माया सरर’ बोलको गीत । द भोईस अफ नेपाल सिजन २ को फाईनलसम्म पुगेका सनिशले यसै गीतमार्फत चारै जना कोचहरुलाई आफुतर्फ फर्काउन सफल भएका थिए । उनी यसै ब्लाईण्ड अडिसनको गीतबाट नै भाइरल भएका थिए । काठमाडौँको कोटेश्वर निवासी सनिशले हजुरबुवाबाट गीत गाउने प्रेरणा पाएका थिए । हजुरबुवाले भजन गाएको देखेर सँगीतमा रुचि राखेका सनिशले गीतार बजाउँदै गीत सिकेका थिए । गायन क्षेत्रमै लागेका कारण उनले पढाईमा भने खासै उन्नति गर्न सकेनन् । शोमा सहभागी हुँदा १९ वर्ष मात्र पुगेका सनिशले कोच राजु लामाको टिमबाट फाईनल भिडेका थिए । यो सामग्री तयार पार्दाको समयसम्म यस क्लिपलाई १ करोड ६४ लाख ४ हजारभन्दा बढी पटक हेरिएको छ । अगष्ट १९, २०१९ मा युट्युब मार्फत सार्वजनिक भएको यस क्लिपमा २ लाख २७ हजारभन्दा बढी लाईक र ४ हजारभन्दा बढी कमेन्टहरु गरिएका छन् ।

नम्बर २ द भोईस अफ नेपालको सर्वाधिक चर्चित भिडियोहरुमध्ये दोस्रो नम्बरमा रहेको भिडियो हो सनिश श्रेष्ठ र सशिका सुनार राईबिचको ब्याटल । कोच राजुको यस ब्याटलमा सनिश र सशिकाले ‘रङ’ बोलको गीतमा ब्याटल गरेका थिए । यो क्लिप पनि सिजन २ कै रहेको थियो । निक्कै दमदार भएको यस ब्याटललाई यो सामग्री तयार पार्दाको समयमा १ करोड २० लाख ११ हजारभन्दा बढी पटक हेरिएको छ । अक्टोबर १४, २०१९ मा युट्युब मार्फत सार्वजनिक भएको यस क्लिपमा १ लाख ४२ हजारभन्दा बढी लाईक र २ हजार ७ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् ।

नम्बर ३ द भोईस अफ नेपालको सर्वाधिक चर्चित भिडियोहरुमध्ये तेस्रो नम्बरमा रहेको भिडियो हो किरण गजमेर र सुरक्षा सेञ्चुरीबिचको ब्याटल । निक्कै नै भाईरल भएको यस ब्याटलमा किरण र सुरक्षाले ‘जनम जनम’ बोलको गीतमा ब्याटल गरेका थिए । यो क्लिप सिजन ३ को हो । किरण सिजन ३ को विजेता समेत बनेका थिए । निक्कै दमदार भएको यस ब्याटललाई यो सामग्री तयार पार्दाको समयमा १ करोड ९५ हजारभन्दा बढी पटक हेरिएको छ । मे २१, २०२१ मा युट्युब मार्फत सार्वजनिक भएको यस क्लिपमा ९४ हजारभन्दा बढी लाईक र १ हजार ५ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published.


*