नेपाल लोकस्टारका ३ भाईरल दोहोरी ब्याटलहरु

२३ श्रावण २०७९, सोमबार १६:२३

चन्द्र घलान, मकवानपुर, २३ साउन । नेपालको मौलिक लोकसँगीतको पहिलो रियालिटी शो ‘नेपाल लोक स्टार’ को सिजन १ निक्कै चर्चित भएको थियो । सिजन २ को चर्चा चुलिएको समयमा सिजन १ का विभिन्न भिडियो क्लिपहरु पनि अहिले भाईरल भइरहेका छन् । यस भिडियो सामग्रीमा नेपाल लोक स्टार सिजन १ मा सर्वाधिक भाईरल भएका दोहोरी भिडन्तहरुका बारेमा चर्चा गर्दैछौँ । नेपाल लोक स्टारका अन्य भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्सक्राईब गर्नुहोस् ।

नम्बर १–नेपाल लोक स्टार सिजन १ को सर्वाधिक चर्चित दोहोरी ब्याटलको पहिलो नम्बरमा गायक बद्री पंगेनी र शोकी निर्णायक एवम् गायिका सुनिता दुलालबिचको दोहोरी भिडन्त रहेको छ । यो दोहोरी भिडन्तलाई टेलिभिजनमा भने नदेखाएर डिलिट गरिएको भन्दै नेपाल लोक स्टार टिमले युट्युब मार्फत सार्वजनिक गरेको थियो । यो दोहोरी भिडन्तलाई यो सामग्री तयार पार्दाको समयसम्म ४४ लाख ४ हजारभन्दा बढी पटक हेरिएको छ । भिडियोमा २८ हजार लाईक र ५ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । यो दोहोरी भिडन्त नेपाल लोक स्टारको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएका सम्पूर्ण भिडियोहरुहको पनि शिर्षस्थानमा छ ।

नम्बर २– नेपाल लोक स्टार सिजन १ को सर्वाधिक चर्चित दोहोरी ब्याटलको दोस्रो नम्बरमा झिमझिम सानु बोलको दोहोरी भिडन्त रहेको छ । यस दोहोरी भिडन्तमा प्रतियोगीहरु मिना र रामकुमारका साथै अन्य प्रतियोगीहरुले दोहोरी भिडेका छन् । यो दोहोरी भिडन्तलाई यो सामग्री तयार पार्दाको समयसम्म ६ लाख ३२ हजारभन्दा बढी पटक हेरिएको छ । भिडियोमा ६ हजार लाईक र २ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् ।

नम्बर ३–नेपाल लोक स्टार सिजन १ को सर्वाधिक चर्चित दोहोरी ब्याटलको तेस्रो नम्बरमा शोका निर्णायक एवम् गायक रामजी खाँड र शोमा सहभागी भएकी दिपिकाबिचको दोहोरी भिडन्त रहेको छ । यो दोहोरी भिडन्तलाई डिलिट गरिएको सिन भन्दै नेपाल लोक स्टार टिमले युट्युब मार्फत सार्वजनिक गरेको थियो । प्रोमोको रुपमा प्रसारणमा आएको यो दोहोरी भिडन्तलाई यो सामग्री तयार पार्दाको समयसम्म ४ लाख ३६ हजारभन्दा बढी पटक हेरिएको छ । भिडियोमा ७ हजार ३ सय लाईक र १ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published.


*