हेटौँडा अस्पतालमा अनलाईनबाट ओपिडी टिकट लिने तरिका (भिडियो सहित)

५ श्रावण २०७९, बिहीबार ११:४२

मकवानपुर, ५ साउन । मकवानपुरको हेटौँडा अस्पतालमा अब अनलाईनबाटै ओपिडी टिकट लिन मिल्ने भएको छ । अहिले स्वास्थ्य बिमा नभएकाहरुका लागि मात्र प्रयोगमा ल्याइएको एपमा पछि स्वास्थ्य बिमा भएकाहरुले पनि अनलाईनबाटै ओपिडी टिकट लिन पाउने व्यवस्था गरिने छ । हेटौँडा अस्पतालले ‘हेटौँडा हस्पिटल’ नामको मोबाईल एप सार्वजनिक गरेको छ । यसै एपबाट ओपिडि टिकट लिन सकिन्छ । ओपिडी टिकट लिन अनलाईन भुक्तानी पनि यसै एपमार्फत गर्न सकिन्छ भने तपाईले काट्नुभएको ओपिडी टिकट तोकिएको दिनमा तपाईले रोज्नुभएको डाक्टर बस्ने कोठामानै पुग्नेछ । यो एपलाई कसरी चलाउने, यस एपमा आईडी कसरी बनाउने अनि ओपिडी टिकट कसरी लिने भनेर म तपाईलाई यसै भिडियोमा पुरै प्रक्रिया देखाउँदैछु । कृपया पुरा भिडियो हेर्नुहोला ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*