मिस नेपाल सदिक्षा श्रेष्ठको प्रेमकथा Miss Nepal Sadichha Shrestha Biography

२८ असार २०७९, मंगलवार १४:५२

चन्द्र घलान, २८ असार । जीवनमा आफुले चाहेको मान्छेसँग विवाह गर्न पाउनु जस्तो खुशीको कुरा अरु के नै होला र । विवाह गर्ने उदेश्यले डेटिङ सुरु गरेदेखि नै हामी एकअर्कालाई चिन्न थाल्छौँ, एकअर्कालाई प्रेम गर्न थाल्छौँ अनि एकअर्कालाई साथ दिन थाल्छौँ । विवाह जस्तो पवित्र सम्बन्धमा बाँधिने सपना बुन्दै हामी एकअर्काको कमिकमजोरीहरुलाई प्रेमले ढाक्दै अघि बढ्छौँ । यति हुँदाुहुँदै पनि कसै–कसैको प्रेमसम्बन्ध बिचैमा सेलाउँछ । उनीहरु एकअर्कादेखि निक्कै टाढा हुन्छन् । तर जसले आफ्नो प्रेम जीवनलाई विवाह जस्तो पवित्र बन्धनमा पुराउँछ तब उनीहरुको प्रेम यात्राको स्थायीत्व स्थापित हुन्छ । उनीहरुको प्रेमिल युगको सुरुवात हुन्छ । यस्तै प्रेमिल जोडी बनेका छन् पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ र उनका श्रीमान राहुल मोक्तान ।

पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ र व्यवसायी एवम् खेलाडी राहुल मोक्तानको विवाह असार २१ गते मंगलबार भएको हो । उनीहरुले लामो समयदेखिको प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । संसारमा अधिकांश विवाहित जोडीहरु फरक सोचाई र फरक धारका हुन्छन् तर पनि उनीहरु एक भएर अगाडि बढ्छन् । सदिक्षा र राहुलका विषयमा पनि यही कुरा लागु हुन्छ । सदिक्षा र राहुलका रुचिहरु फरक थिए । तै पनि उनीहरु नजिकिए । राहुल पढ्नमा खासै रुचि नराख्ने तर खेलमा निक्कै रुचि भएका र चर्चा पाएका व्यक्ति हुन् । त्यसको ठिक उल्टो सदिक्षा अध्ययनमा निक्कै अब्बल भएतापनि खेलकुदमा भने खासै चासो नभएका व्यक्ति हुन् । उनीहरुबिच कयौँ यस्ता फरक कुराहरु छन् । तर ती कुराहरुले उनीहरुको प्रेमलाई रोक्न सकेन । उनीहरुको रुचिका विषय फरक भएता पनि उनीहरुले एकअर्कालाई साथ दिँदै आए र अब उप्रान्त पनि साथ दिने वाचा बाँधेका छन् ।

सदिक्षा श्रेष्ठ मिस नेपाल २०१० की विजेता हुन् । सन् १९९१ नोभेम्बर २३ मा जन्मिएकी सुदिक्षाले ३१ वर्षको उमेरमा आफ्ना प्रेमी राहुल मोक्तानसँग नेवारी परम्परा अनुसार विवाह गरेकी हुन् । डान्सिङ स्टार्स नेपाल जस्तो चर्चित शो होष्ट गरेकी सदिक्षाले अन्य विभिन्न कार्यक्रमहरु होष्ट समेत गरेकी छिन् । सदिक्षाले सन् २०१० मा मिस नेपालका साथै मिस पर्सनालिटी, मिस बेष्ट वाक र मिस फोटोजेनिकको टाईटल समेत जितेकी थिईन् । मिस नेपालमा एकै जनाले धेरै अवार्ड जितेको यो रेकर्ड नै कायम भएको थियो । थाईल्याण्डको एसियन ईन्ष्टिच्युट अफ टेकनोलोजीबाट बिजनेश विषयमा एमबिए अध्ययन गरेर उत्कृष्ट नतिजा ल्याएकी सदिक्षाले गोल्ड मेडलका साथै राष्ट्रपतिबाट विद्याभूषण पदक पनि प्राप्त गरेकी छिन् ।

सदिक्षाका श्रीमान राहुल जिमखाना सञ्चालन गर्नुका साथै खेलकुदमा चर्चित खेलाडी हुन् । उनले ईण्डियन किकबक्सिङ च्याम्पियनसिपमा ३ वटा स्वर्ण पदक पनि जितेका छन् । उनी मुय थाईका प्रशिक्षक समेत हुन् । यसरी फरक धारका राहुल र सदिक्षाबिच पवित्र सम्बन्ध गाँसिएको छ । आफ्नो प्रेम जीवनमा कहिल्यै पनि कन्ट्रोभर्सीमा नपरेको यो जोडीको विवाह जस्तो स्थायी बन्धन सदैव प्रेमिल रहोस् अनि एकअर्कालाई साथ दिँदै सदैव विवाह वाचालाई पुरा गरिरहेको सुन्न पाईयोस् । हार्दिक बधाई अनि शुभकामना । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*