डान्सिङ स्टार्स नेपालका उत्कृष्ट १० जोडीहरु

१५ बैशाख २०७९, बिहीबार १८:५७

चन्द्र घलान, मकवानपुर, १५ बैशाख । चर्चित डान्सिङ रियालिटी शो डान्सिङ स्टार्स नेपालको नयाँ सिजनमा उत्कृष्ट १० जोडीहरु छानिएका छन् । चर्चित नायक तथा गायक प्रदिप बास्तोला र कोरियोग्राफर स्वयत्ना योञ्जनको प्रदिप्ना जोडी बाहिरिएपछि शोको उत्कृष्ट १० जोडीहरु छनौट भएको हो । यस भिडियो सामग्रीमा डान्सिङ स्टार्स नेपालको उत्कृष्ट १० जोडीहरुको बारेमा चर्चा गर्दैछौँ । डान्सिङ स्टार्स नेपालको अन्य भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्न नभुल्नुहोला । हेर्नुहोस् भिडियो सामग्री–

१) परजेडी–डान्सिङ स्टार्स नेपालको उत्कृष्ट १० मा पुगेको पहिलो जोडी हो टिम परजेडी । चर्चित नायिका परमिता राना र कोरियोग्राफर जेडी तमुको यो जोडीले हालसम्म ११० अंक प्राप्त गरेका छन् । उनीहरुले पहिलो र दोस्रो दुबै हप्ता समान २६–२६ अंक,तेस्रो हप्ता २८ अंक र चौथो हप्ता ३० अंक प्राप्त गरेका छन् । उनीहरुले चौथो हप्ता पर्फोमेन्स अफ द विक अवार्ड पनि जितेका छन् ।

२) अनुधिर–डान्सिङ स्टार्स नेपालको उत्कृष्ट १० मा पुगेको दोस्रो जोडी हो अनुधिर । चर्चित गायक धिरज राई र कोरियोग्राफर अनुजा अग्रवालको यो जोडीले हालसम्म १०५ अंक प्राप्त गरेका छन् । उनीहरुले पहिलो हप्ता २६, दोस्रो हप्ता २३, तेस्रो हप्ता २९ अंक र चौथो हप्ता २७ अंक प्राप्त गरेका थिए ।

३) अमरबिका–डान्सिङ स्टार्स नेपालको उत्कृष्ट १० मा पुगेको तेस्रो जोडी हो टिम अमरबिका । कलाकारहरु अमर दाहाल र अमृत दाहालसँगै कोरियोग्राफर केबिका खत्रीको यो जोडीले हालसम्म १ पटक पर्फोमेन्स अफ द विक अवार्ड प्राप्त गरेका छ । उनीहरुले तेस्रो हप्तामा पर्फोमेन्स अफ द विक अवार्ड जितेका हुन् । उनीहरुले निर्णायकबाट हालसम्म जम्मा ११६ अंक प्राप्त गरेका छन् । उनीहरुले पहिलो हप्ता २७ तथा दोस्रो र तेस्रो हप्ता ३०–३० अंक तथा चौथो हप्ता २९ अंक प्राप्त गरेका थिए । हालसम्म प्राप्त अंकहरुका आधारमा उनीहरु पहिलो नम्बरमा छन् ।

४) प्रिखर–डान्सिङ स्टार्स नेपालको उत्कृष्ट १० मा पुगेको चौथो जोडी हो टिम प्रिखर । चर्चित गायिका प्रिती आले र कोरियोग्राफर शेखर घर्ति मगरको यो जोडीले शोमा लोक नृत्यमार्फत तहल्का मच्चाईरहेका छन् । उनीहरुको जोडीले हालसम्म १०९ अंक प्राप्त गरेका छन् । उनीहरुले पहिलो हप्ता २५ अंक, दोस्रो हप्ता ३० अंक, तेस्रो हप्ता २६ अंक र चौथो हप्ता २८ अंक प्राप्त गरेका थिए ।

५) सोदिप्निका–डान्सिङ स्टार्स नेपालको उत्कृष्ट १० मा पुगेको पाँचौँ जोडी हो टिम सोदिप्निका । कलाकार सोनिका रोकाया र कोरियोग्राफर दिलिप ओखेडाको यो जोडीले हालसम्म १०९ अंक प्राप्त गरेका छन् । उनीहरुले पहिलो हप्ता २६ अंक, दोस्रो हप्ता २४ अंक, तेस्रो हप्ता ३० अंक र चौथो हप्ता २९ अंक प्राप्त गरेका थिए ।

६) सुवती–डान्सिङ स्टार्स नेपालको उत्कृष्ट १० मा पुगेको छैटौँ जोडी हो सुवती । नेपालकै पहिलो महिला रेस्लर भगवती खड्का र कोरियोग्राफर सुनिल बिकको यो जोडीले हालसम्म १०१ अंक प्राप्त गरेका छन् । उनीहरुले पहिलो हप्ता २३ अंक, दोस्रो हप्ता २७ अंक, तेस्रो हप्ता २६ अंक र चौथो हप्ता २५ अंक प्राप्त गरेका थिए ।

७) रोजरिङ–डान्सिङ स्टार्स नेपालको उत्कृष्ट १० मा पुगेको सातौँ जोडी हो टिम रोजरिङ । शेर्पा समुदायकै पहिलो नायिका छिरिङ शेर्पा र चर्चित कोरियोग्राफर सरोज प्रजाको यो टिमले निर्णायकहरुबाट हालसम्म ११४ अंक प्राप्त गरेका छन् । उनीहरुले पहिलो हप्ता २५ अंक, दोस्रो हप्ता २९ अंक तथा तेस्रो र चौथो हप्ता ३०–३० अंक प्राप्त गरेका थिए । उनीहरुले उत्कृष्ट ११ छनौटका क्रममा पहिलो पटक बटम लाईनको सामना गरेका थिए । हालसम्म प्राप्त अंकहरुका आधारमा उनीहरु तेस्रो स्थानमा छन् ।

८) सञ्जाईरा–डान्सिङ स्टार्स नेपालको उत्कृष्ट १० मा पुगेको आठौँ जोडी हो टिम सञ्जाईरा । कलाकार समाईरा श्रेष्ठ र कोरियोग्राफर सञ्जय लामाको यो जोडीले एक वटा पर्फोमेन्स अफ द विक अवार्ड जितेको छ । उनीहरुले दोस्रो हप्ता पर्फोमेन्स अफ द विक अवार्ड जितेका हुन् । टिम सञ्जाईराले हालसम्म ११५ अंक प्राप्त गरेको छ । हालसम्म प्राप्त अंकहरुका आधारमा उनीहरु दोस्रो स्थानमा छन् । उनीहरुले पहिलो हप्ता २६ अंक तथा दोस्रो र तेस्रो हप्ता ३०–३० अंक र चौथो हप्ता २९ अंक प्राप्त गरेका थिए । उनीहरुले उत्कृष्ट ११ छनौटका क्रममा पहिलो पटक बटम थ्रीको सामना गरेका थिए ।

९) सुनितोष–डान्सिङ स्टार्स नेपालको उत्कृष्ट १० मा पुगेको नवौँ जोडी हो टिम सुनितोष । मिस्टर नेपाल सन्तोष उपाध्याय र कोरियोग्राफर सुनिता दर्नालको यो जोडीले निर्णायकहरुबाट हालसम्म जम्मा १०३ अंक प्राप्त गरेका छन् । उनीहरुले पहिलो हप्ता २३ अंक तथा दोस्रो र तेस्रो हप्ता २८–२८ अंक र चौथो हप्ता २४ अंक प्राप्त गरेका थिए । उनीहरुले उत्कृष्ट १० छनौटका क्रममा पहिलो पटक बटम लाईनको सामना गरेका छन् ।

१०) निलभी–डान्सिङ स्टार्स नेपालको उत्कृष्ट १० मा पुगेको दशौँ जोडी हो टिम निलवी । चर्चित सिंगल लेग्ड डान्सर निलम ढुङ्गाना र कोरियोग्राफर रवि पटेलको यो टिमले नयाँ सिजनमा तहल्का मच्चाई रहेको छ । उनीहरुले पहिलो हप्तामै ३ वटा रेकर्डहरु राखेका थिए । उनीहरुले पहिलो सतप्रतिशत अंक, पर्फोमेन्स अफ द विक अवार्ड र सबै निर्णायकहरुबाट स्टाण्डिङ अवेशन पाउने पहिलो जोडी बनेर रेकर्डहरु कायम गरेका हुन् । उनीहरुले पहिलो हप्ता पर्फोमेन्स अफ द विक अवार्ड पाएका थिए । उनीहरुले हालसम्म १०८ अंक प्राप्त गरेका छन् । उनीहरुले पहिलो हप्ता ३० अंक, दोस्रो हप्ता २४ अंक तथा तेस्रो र चौथो हप्ता २७–२७ अंक प्राप्त गरेका हुन् ।


यसमा तपाइको मत

Your email address will not be published.


*