डान्सिङ स्टार्स नेपालमा ४ जोडीको कडा भिडन्त

८ बैशाख २०७९, बिहीबार ११:३४

चन्द्र घलान, मकवानपुर, ८ बैशाख । चर्चित डान्सिङ रियालिटी शो डान्सिङ स्टार्स नेपालमा यो साता ४ जोडीहरुको कडा प्रतिस्पर्धा हुने देखिएको छ । यो साता उत्कृष्ट ११ मा पुगेका जोडीहरुमध्ये एक जोडी शोबाट बाहिरिने भएतापनि यी ४ जोडीहरु सुरक्षित हुनसक्ने अवस्था निक्कै बलियो देखिन्छ । शोमा गएको शुक्रबार र शनिबार प्रस्तुती दिएका ११ जोडी प्रतियोगीहरुमध्ये ४ जोडीले निर्णायकहरुबाट सतप्रतिशत अर्थात ३० मा ३० नै अंक प्राप्त गरेका थिए ।

सोदिप्निका, अमरबिका, सञ्जाईरा र रोजरिङ जोडीले ३०–३० अंक प्राप्त गरेका हुन् । अब यो साता निर्णायकले दिएको अंक र दर्शक भोटका आधारमा यी ४ जोडीहरु उत्कृष्ट १० मा पुग्ने वा नपुग्ने भन्ने निक्र्योल हुनेछ । के यी ४ जोडीहरु सबै उत्कृष्ट १० मा पुग्लान् त ? कृपया कमेन्ट गर्नुहोस् ।

हालसम्म प्राप्त अंकका आधारमा डान्सिङ स्टार्स नेपालकै सर्वाधिक चर्चित जोडी अमरबिका र अर्को चर्चित जोडी सञ्जाईराबिच कडा प्रतिस्पर्धा देखिन्छ । यी दुई जोडीहरुमध्ये अमर दाहाल, अमृत दाहाल र केबिका खत्रीको जोडीले तेस्रो हप्ता सकिँदासम्म जम्मा ८७ अंक प्राप्त गरेको छ । जुन शोकै सर्वाधिक बढी अंक हो । त्यस्तै उनीहरुले तेस्रो हप्तामा पर्फोमेन्स अफ द विक अवार्ड जितेका छन् । उनीहरुले पहिलो हप्ता २७ तथा दोस्रो र तेस्रो हप्ता ३०–३० अंक प्राप्त गरेका थिए ।

अमरबिकालाई कडा टक्कर दिईरहेका कलाकार समाईरा श्रेष्ठ र कोरियोग्राफर सञ्जय लामाको सञ्जाईरा जोडीले हालसम्म जम्मा ८६ अंक प्राप्त गरेको छ । यो शोकै दोस्रो सर्वाधिक बढी अंक हो । उनीहरुबिच केबल १ अंकको फरक छ । उनीहरुले पहिलो हप्ता २६ अंक तथा दोस्रो र तेस्रो हप्ता ३०–३० अंक प्राप्त गरेका थिए । उनीहरुले दोस्रो हप्ता पर्फोमेन्स अफ द विक अवार्ड जितेका थिए । अमरबिका र सञ्जाईरा अवार्डको मामलामा बराबर छन् । तर टिम सञ्जाईराले उत्कृष्ट ११ छनौटका क्रममा पहिलो पटक बटम थ्रीको सामना गरेका थिए । जसका कारण यस हप्ता के होला भनेर यसै भन्न सकिने अवस्था छैन ।

त्यस्तै टिम रोजरिङ र टिम सोदिप्निकाबिच पनि कडा प्रतिस्पर्धा देखिन्छ । उनीहरुले पनि गत साता ३० मा ३० अंक नै प्राप्त गरेका थिए । शेर्पा समुदायकै पहिलो नायिका छिरिङ शेर्पा र चर्चित कोरियोग्राफर सरोज प्रजाको रोजरिङ टिमले निर्णायकहरुबाट हालसम्म ८४ अंक प्राप्त गरेका छन् । उनीहरुले पहिलो हप्ता २५ अंक, दोस्रो हप्ता २९ अंक र तेस्रो हप्ता ३० अंक प्राप्त गरेका थिए । त्यस्तै कलाकार सोनिका रोकाया र कोरियोग्राफर दिलिप ओखेडाको सोदिप्निका जोडीले हालसम्म ८० अंक प्राप्त गरेका छन् ।

उनीहरुले पहिलो हप्ता २६ अंक, दोस्रो हप्ता २४ अंक र तेस्रो हप्ता ३० अंक प्राप्त गरेका थिए । हालसम्म प्राप्त अंकहरुका आधारमा टिम रोजरिङ र टिम सोदिप्निकाबिच ४ अंकको अन्तर छ । रोजरिङ जोडीले उत्कृष्ट ११ छनौटका क्रममा पहिलो पटक बटम लाईनको सामना गरेका थिए भने सोदिप्निका अहिलेसम्म बटम लाईनमा परेको छैन । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published.


*