निलम र रविलाई आउट हुने खतरा छ ?

८ बैशाख २०७९, बिहीबार १०:४५

मकवानपुर, ८ बैशाख । चर्चित डान्सिङ रियालिटी शो डान्सिङ स्टार्स नेपाल यो साता चर्चाको शिखरमा छ । शोमा यो साता उत्कृष्ट ११ मा पुगेका प्रतियोगीहरुले दमदार नृत्य गरेका थिए । केही खास परिवर्तनका साथ सुरु भएको यो साताको प्रस्तुतिमा सामान्य विवाद पनि भयो । शोकै चर्चित प्रतियोगी निलम ढुङ्गाना र रवि पटेलको प्रस्तुतिमा निर्णायकहरुले उनीहरुको खुलेर प्रशंसा गरेका थिए । तारिफसँगै निर्णायकहरुले उनीहरुको नृत्यमा केही समस्या भएको हो कि जस्तो देखेर प्रश्न गरेपछि निलमले शोमा आयोजकका तर्फबाट केही कमजोरी भएको गुनासो गरेकी थिईन् । अहिले यही विषयलाई लिएर शोका बारेमा विभिन्न चर्चा भईरहेको छ । कतिपय दर्शकहरुले अब निलम र रवि यो साता शोबाट बाहरिनसक्ने खतरा बढेको भन्दै कमेन्ट समेत गरेका छन् ।

समस्या के भएको हो भनेर निर्णायकहरुले बुझ्न चाहेपछि सुरुमा रविलाई प्रश्न सोधिएको थियो । तर रविले बोल्न नचाहेपछि निलमले वास्तविकता बताएकी थिईन् । अहिले उनले बोलेकै आधारमा उनीहरुको जोडी शोबाट बाहिरिन सक्ने भन्दै दर्शकहरुले कमेन्ट गरेका छन् । तर वास्तविकता त त्यस्तो होला जस्तो देखिँदैन । किनभने शोको फम्र्याट अनुसार दुई साताको निर्णायकको मत र दर्शक भोटका आधारमा मात्र कुन जोडी बाहिरिने हो भन्ने तय गरिन्छ । गत साताको निर्णय हेर्ने हो भने निलम र रविलाई दर्शकहरुले राम्रो भोट दिएकै कारण उनीहरु बटम लाईनमा परेका थिएनन् । साथै उनीहरुले हालसम्म ८१ अंक प्राप्त गरेका छन् जुन निक्कै राम्रो अंक हो । उनीहरुले शोमा राखेको विभिन्न रेकर्डहरुले पनि निलम र रवि शोमा यो साता सुरक्षित हुने देखिन्छ ।

निलम र रविको प्रस्तुतिका क्रममा जनावरलाई खोरमा नथुनी स्वतन्त्रता दिनुपर्ने विशेष सन्देश समावेश गरिएको थियो । तर प्रस्तुतिको अन्तिम समयसम्म पनि निलम र रविले परिकल्पना गरेबमोजिमको पिंजडा तथा अन्य आवश्यक सामग्रीहरु निर्माण नभएपछि उनीहरुको प्रस्तुति नै काँटछाँट गर्नुपरेको थियो । यस बारेमा निलमले शोकै क्रममा दुःख व्यक्त गरेकी थिईन् । रविले नबोल्ने ईच्छा व्यक्त गर्दा पनि निलमले बोलेको भन्दै कतिपय दर्शकहरुले चित्त पनि दुखाएका छन् । निलमको प्रतिक्रियाको पक्ष विपक्षमा दर्शकहरुले विभिन्न कमेन्टहरु गरिरहेका छन् । यद्यपि हल्ला जे भएता पनि निलम र रवि यो साता सुरक्षित रहने लगभग तय भएकै कुरा हो । उनीहरुको विवाद सामान्य भएता पनि दर्शकहरुले गरेका कमेन्टहरु भने गम्भिर प्रकृतिको देखिन्छ । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published.


*