तामाङ चलचित्र ‘थुजे छे’ को नयाँ गीत ‘लाबा राङ्बा’ सार्वजनिक

५ बैशाख २०७९, सोमबार ११:०५

मकवानपुर, ५ बैशाख । तामाङ भाषाको चलचित्र ‘थुजे छे’ को नयाँ गीत ‘लाबा राङ्बा’ सार्वजनिक भएको छ । गीतमा चर्चित निदेर्शक, गीतकार तथा कलाकार कमल रुम्बाको शब्द र संगीत रहेको छ । चर्चित गायक शुभ तामाङ र गायिका बबिता पाख्रिनको आवाज रहेको गीतलाई बुद्ध स्याङ्बाले एरेञ्ज, मिक्सिङ तथा मास्टरिङ गरेका छन् । म्युजिक भिडियोमा चलचित्रका नायक सुमन वाईबा र नायिका आश्मा मोक्तानले रोमान्टिक अभिनय गरेका छन् ।

कमल रुम्बाको प्रस्तुतिमा तयार भएको चलचित्रको गीत कालिदेवी मिडिया हाउसको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । चलचित्रमा कमल रुम्बाकै शब्द, सँगीत, निर्देशन, कथा, स्क्रिनप्ले र संवादहरु रहेका छन् । चलचित्रमा सुमन वाईबा, आस्मा मोक्तान लगायतका कलाकाहरुले अभिनय गरेका छन् ।

विश्वास भण्डारीको छायाँकन तथा सम्पादनमा तयार भएको चलचित्रमा समिर मियाले कलर ग्रेडिङ गरेका छन् । बुद्ध स्याङ्बाको ब्याकराउण्ड समावेश चलचित्रमा सुरज श्रेष्ठको द्वन्द निर्देशन रहेको छ । चलचित्रमा बाबु सेञ्चुरीको कोरियोग्राफी हेर्न सकिनेछ ।

चलचित्रलका निर्मात्री तारामाया वाईबा र सहनिर्मात्री सोनी लामा हुन् । हेर्नुहोस् म्युजिक भिडियो–


यसमा तपाइको मत

Your email address will not be published.


*