समाईरा श्रेष्ठ र सञ्जय लामा चर्चाको शिखरमा (Samira Shrestha & Sanjay Lama Biography)

२९ चैत्र २०७८, मंगलवार ०७:०३

चन्द्र घलान, मकवानपुर, २९ चैत्र । डान्सिङ स्टार्स नेपालमा तहल्का मच्चाईरहेको जोडी समाईरा श्रेष्ठ र सञ्जय लामा अहिले चर्चाको शिखरमा छ । टिम सञ्जाईराका नामले चर्चामा आएको यो जोडीले शोको दोस्रो हप्तामा सतप्रतिशत अंक प्राप्त गर्न सफल भएको थियो । उनीहरुको दमदार नृत्यमा सबै निर्णायकहरुले स्टाण्डिङ अवेशन दिएका थिए ।

उत्कृष्ट ११ मा पुगेको यो जोडीले हालसम्म ५६ अंक प्राप्त गरेको छ । उनीहरुले पहिलो हप्ता २६ अंक र दोस्रो हप्ता ३० अंक प्राप्त गरेका थिए । हालसम्म प्राप्त भएको अंकका आधारमा टिम सञ्जाईरा दोस्रो स्थानमा छ । त्यतिमात्र होईन यो जोडीले दोस्रो हप्ता नै पर्फोमेन्स अफ द विक अवार्ड पनि जितेको छ । पर्फोमेन्स अवार्ड जित्ने दोस्रो जोडी हुन् ।

समाईरा श्रेष्ठ कलाकार, मोडल, थियटर आर्टिष्ट र सामाजिक अभियान्ता हुन् । काठमाडौँमै जन्मिएकी समाईरा विद्यालय तहदेखि नै गायन, नृत्य, फुटबल र कराँतेमा रुचि राख्थिन् । कादम्बरी मेमोरियल कलेज काठमाडौँबाट स्नातक गरेकी समाईरा सामाजिक अभियान्ताका रुपमा परिचित छिन् । उनी राजनीतिक क्षेत्रमा पनि सक्रिय छिन् । समाईराले युट्युब च्यानल मार्फत समेत विभिन्न अभियान चलाईरहेकी छिन् । मोडलिङमा पनि सक्रिय रहेकी समाईरा कलाकारका रुपमा समेत परिचित छिन् ।

सञ्जय लामा चर्चित कोरियोग्राफर तथा डान्सर हुन् । उनले डान्सिङ विथ द स्टार्स नेपालको पहिलो सिजनमा दिभान्सी बैदवार र सिद्धार्थ श्रेष्ठलाई कोरियोग्राफी गरेर उत्कृष्ट ६ सम्म पुराउन सफल भएका थिए । सानैदेखि ईण्डियामा नृत्य सिकेर कलाकारिता क्षेत्रमा चर्चा कमाएका सञ्जय बुगीवुगी नेपालबाट सर्वाधिक चर्चामा आएका थिए ।

आरएक्सडी हिपहप क्रियुमा पनि डान्सर, कोरियोग्राफरका रुपमा कार्यरत उनी डान्स नेपाल डान्स सिजन १ का फस्र्ट रनर अप पनि हुन् । उनी द डान्स हाउस नामक डान्स स्टुडियो पनि संचालन गर्छन् ।

जनकपुरधाम ४ मा अवस्थित पब्लिक युथ क्याम्पसमा अध्ययन गरेका उनी डान्सर र कोरियोग्राफरका रुपमा नाम कमाउन सफल छन् । उनले चर्चित गीतहरु तथा चलचित्रहरुमा पनि कोरियोग्राफी गरिसकेका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published.


*