नेपाल आईडलको फाईनल भिडन्तमा विश्वास उप्रेती Biswash Uprety Biography

३० फाल्गुन २०७८, सोमबार १४:५२

मकवानपुर, ३० फागुन । नेपाल आईडल सिजन ४ को ग्राण्ड फिनाले शुक्रबार हुँदैछ । फाईनल भिडन्तका लागि तमतयार अवस्थामा रहेका विश्वास उप्रेती विजेता दाबेदार मध्येका एक हुन् । उनले उत्कृष्ट ५ को प्रस्तुतिका क्रममा पफोमर अफ द विक अवार्ड जितेका थिए । नेपाल आईडल सिजन २ मा नै रकस्टारका रुपमा तहल्का मच्चाएका विश्वास सिजन ४ मा पनि रकस्टारकै छवि बनाउँदै तहल्का मच्चाउँदै छन् ।

सिजन ४ मा उनी भर्सटाईल गायकका रुपमा समेत चिनिएका छन् । उनी झापाको काँकडभिट्टा निवासी हुन् । उनलाई धेरैले सविन राईको जस्तै दमदार आवाज भएको प्रतियोगीका रुपमा चिन्छन् । काँकडभिट्टामा जन्मिएका विश्वासले सानैदेखि संगीतमा रुचि राखेका थिए ।

साँगितिक परिवारमै हुर्किएका कारण पनि उनलाई सानैदेखि संगितमा रुचि बढेको थियो । विश्वासका बुवा देवी उप्रेती पनि गीत गाउन सिपालु छन् । विश्वास विश्वास एण्ड द ग्यालोज ब्याण्डका भोकलिष्ट समेत हुन् । उनका केही ओरिजिनल गीतहरु पनि चर्चामा छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*