डान्स च्याम्पियनको फाईनलमा प्युठानका विजय बुढा मगर

Bijay Budha Magar Biography
२५ फाल्गुन २०७८, बुधबार २२:२८
Bijay Budha Magar Biography

मकवानपुर, २५ फागुन । प्युठानका विजय बुढा मगर कान्तिपुर टेलिभिजनबाट प्रसारण भईरहेको मेगा डान्सिङ रियालिटी शो ‘डान्स च्याम्पियन’ को फाईनलमा पुगेका छन् । बकर्ज टिमबाट प्रतिस्पर्धा गरिरहेका उनी उत्कृष्ट ४ अर्थात फाईनलमा पुग्न सफल भएका हुन् । बकर्जमा विजयसँगै मकवानपुरका सुजन लिम्बु र थानकोटका जिम्मी बलामी रहेका छन् ।

विजय बुढा मगर प्युठान निवासी हुन् । साईड डान्सरका रुपमा कार्यरत विजयले थुप्रै म्युजिक भिडियोहरुमा साईड डान्सरकै रुपमा काम गरेका छन् । उनी यस क्षेत्रमा विगत ७ वर्षदेखि संघर्षरत छन् । नृत्य क्षेत्रमा लाग्दा अध्ययन समेत छोडेका विजय नृत्यमा भने सधैँ अगाडि रहेका छन् । उनकी भाउजु धनमाया बुढामगरका अनुसार विजयले नाचेरै विभिन्न स्थानमा पहिलो स्थान हासिल गरेका छन् ।

जागिर पनि नभएको समयमा उनले नृत्यमा लाग्न निक्कै संघर्ष गरेका छन् । उनकी आमा केसरा बुढामगरले उनी नपढेकोमा गुनसो समेत गर्छिन् । तर विजय भने नृत्यमा सानैदेखि सक्रिय भएर लागेका छन् । उनको नृत्यप्रतिको लगावले नै उनी फाईनलसम्म पुगेका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*