शिसिर बचत तथा ऋण सहकारी संस्था हेटौँडामा कर्मचारी आवश्यकता Jobs In Hetauda

४ फाल्गुन २०७८, बुधबार २१:४६

सूचना प्रथम पटक प्रकाशित मिति–२०७८ माघ २४ गते
मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ पारिजातपथ स्थित शिसिर बचत तथा ऋण सहकारी संस्था लि.को लागि निम्न लिखित पदहरुमा कर्मचारी आवश्यकता भएकोले मेहनती, ईमान्दार तथा काम गर्न इच्छुक भएका योग्यता पुगेका नेपाली नागरिकबाट हस्तलिखित निवेदन साथै हालसालै खिचेको पासपोर्ट साइजको फोटो, नेपाली नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यता तथा अनुभवका प्रमाणपत्रहरुको प्रतिलिपि सहित प्रथम पटक प्रकाशित मितिले १५ दिन भित्र यस संस्थाको कार्यालय हेटौंडा–४ पारिजातपथमा आएर दरखास्त दिन आह्वान गरिन्छ ।
विज्ञापन नम्बर–०–०७८–०७९ (खुल्ला)
पद–बजार प्रतिनिधि
आवश्यक पद संख्या–केही
शैक्षिक योग्यता–मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा प्रविणता प्रमाणपत्र तह वा सो सरहको परीक्षा उत्तिर्ण भएको हुनुपर्नेछ । साथै कम्प्युटर सम्बन्धि ज्ञान भएकोलाई प्राथमिकता दिईनेछ ।
उमेर– दरखास्त दिने अन्तिम दिन सम्म १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको
विज्ञापन नं. स् ०२–०७८–०७९ (खुल्ला)
पद–सहजकर्ता
आवश्यक पद संख्या– केही
शैक्षिक योग्यता–साधारण लेखपढ भएको हुनुपर्नेछ ।
उमेर–१८ वर्ष पुरा भएको ।
थप जानकारी–दरखास्तको लागि हस्त लिखित निवेदन र शैक्षिक योग्यता तथा कार्य अनुभव सम्बन्धी कागजात पेश गर्नुपर्नेछ । सवारी चालक अनुमतिपत्र भएका उम्मेदवारलाई ग्राहयता दिईनेछ । महिला उमेद्वारको हकमा माथिल्लो उमेरको हदमा पाँच वर्ष थप हुनेछ ।
थप जानकारीका लागि–पदपूर्ति समिति, शिसिर बचत तथा ऋण सहकारी संस्था लि. हेटौंडा–४, पारिजातपथ, मकवानपुर फोन नं ०५७–५९०७०३
अझै धेरै जानकारीका लागि भिडियो हेर्नुहोस्–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*