रोशा फुयलको रेकर्ड नै रेकर्ड

३ फाल्गुन २०७८, मंगलवार १८:४४

चन्द्र घलान, मकवानपुर, ३ फागुन । सारेगमप लिटिल च्याम्प्स नेपालको फस्ट रनर अप हुन सफल रोशा फुयल यतिखेर चर्चाको शिखरमा छिन् । रोशालाई धेरैले सारेगमप लिटिल च्याम्प्स नेपालको पहिलो विजेताका रुपमा चर्चा गरेका थिए । तर दर्शक भोटले उनलाई दोस्रो बनायो ।

रोशा शोकी त्यस्ति चर्चित प्रतियोगी हुन् जसले शोमा विभिन्न रेकर्डहरु कायम गरेकी छिन् । वास्तमा भन्नुपर्दा शोमा रोशाले जत्ति रेकर्ड अरु कसैले पनि बनाएका छैनन् । शोलाई खोतल्ने हो भने रोशाको नाममा रेकर्ड नै रेकर्ड फेला पर्छ । यस भिडियो सामग्रीमा हामी रोशाले शोमा बनाएका विभिन्न रेकर्डंहरुका बारेमा चर्चा गर्दैछौँ । साथमा उनको छोटो बायोग्राफी पनि प्रस्तुत गर्दैछौँ । हेर्नुहोस् भिडियो सामग्री–

रेकर्ड नम्बर १–रोशाको विभिन्न रेकर्डहरुमध्ये पहिलो रेकर्ड हो उनको अवार्ड । रोशाले शोमा सबैभन्दा सुरुमा अवार्ड जितेकी थिईन् । भोटिङ राउण्ड सुरु भएपछि रोशाले नै शोमा पहिलो पटक पफोमर अफ द विक अवार्ड जितेकी थिईन् । त्यसपश्चात नै अरु प्रतियोगीहरुले शोमा अवार्ड जितेका थिए ।

रेकर्ड नम्बर २–रोशाले शोमा बनाएको अर्को रेकर्ड हो टप स्कोररको रेकर्ड । रोशा नै सारेगमप लिटिल च्याम्पस नेपालमा टप स्कोर प्राप्त गर्ने पहिलो प्रतियोगी हुन् । उनले भोटिङ राउण्ड सुरु भएको पहिलो हप्तामा नै दर्शक भोटबाट ५० अंक र निर्णायकबाट ५० अंक गरी सर्वाधिक अंक प्राप्त गरेकी थिईन् । उनले टप स्कोरर बनेर पनि पुरस्कार जितेकी थिईन् । उनले शोमा ३ पटक टप स्कोरको अवार्ड प्राप्त गरेकी थिईन् । भोटिङ राउण्डको पहिलो हप्ता, वाईल्ड कार्ड राउण्ड अगाडि उत्कृष्ट ८ छनौटका क्रममा र उत्कृष्ट ६ छनौटका क्रममा गरी रोशाले ३ पटक टप स्कोर प्राप्त गरेकी थिईन् ।

रेकर्ड नम्बर ३–रोशाले शोमा बनाएको अर्को रेकर्ड हो सतप्रतिशत अंकको रेकर्ड । यो रेकर्डं पनि उनले भोटिङ राउण्ड सुरु भएको पहिलो हप्तामा नै बनाएकी थिईन् । शोमा निर्णायकबाट र दर्शक भोटबाट सतप्रतिशत अंक ल्याएर सयमा सय नै अंक प्राप्त गर्ने उनी पहिलो प्रतियोगी हुन् ।

रेकर्ड नम्बर ४–रोशाले शोमा बनाएको चौथो रेकर्ड हो ब्लक बष्टर र चाट बस्टरको रेकर्ड । रोशाले शोमा सर्वाधिक चाट बस्टर प्राप्त गरेका थिए भने उनले नै शोमा सर्वाधिक ब्लक बष्टर पनि प्राप्त गरेका थिए । ग्राण्ड जुरीले उनलाई ९ पटकभन्दा बढी चाट बष्टर अर्थात सतप्रशित अंक दिएका थिए । त्यस्तै उनलाई निर्णायकहरुले ८ पटकभन्दा बढी सतप्रतिशत अर्थात ५० अंक दिँदै ब्लक बष्टर दिएका थिए । चाट बस्टर र ब्लक बष्टरमा उनले जत्ति शोमा तहल्का मच्चाउने प्रतियोगी अरु थिएनन् ।

रेकर्ड नम्बर ५–रोशाले शोमा बनाएका पाँचौ रेकर्डका बारेमा त तपाईलाई थाह नै छ । उनले बनाएको अर्को रेकर्ड हो सारेगमप लिटिल च्याम्पस नेपालको ईतिहासमा उपविजेताको रेडर्क । उनले शोमा फस्ट रनर अप हुँदै सारेगमप लिटिल च्याम्प्स नेपालको ईतिहासमै पहिलो उपविजेता बनेर पनि रेकर्ड राखेका छन् ।

रेकर्ड नम्बर ६–रोशाले शोमा बनाएका छैटौँ रेकर्ड हो बटम लाईनको रेकर्ड । रोशाले शोमा एकपटक पनि बटम थ्रीको सामना गरिनन् । एक पटक पनि बटम लाईनमा नपरी फाईनलमा पुग्ने उनी एकमात्र प्रतियोगी हुन् ।

१४ वर्षिया रोशा, झापाको मेची नगर निवासी हुन् । सुरुमा सनलाईट म्युजिक बिर्तामोडमा कृष्ण योञ्जनसँग संगीत सिकेका उनले त्यसपछि सरोज वत्ससँग सप्तकमा संगीत सिक्दैछिन् । सानैदेखि संगीतमा रुचि देखाएकी रोशाले मेची नगरमा भएका धेरै प्रतियोगिताहरुमा समेत जित हासिल गरेकी छिन् ।

हेरौँ उनका केही तस्बिरहरु–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*