टिम मिलनबाट मिन्छामा राई र नुमा राईको जीत्ने सम्भावना कति ?

१ माघ २०७८, शनिबार ११:३०
Featured Video Play Icon

मकवानपुर, १ माघ । द भोइस किड्स नेपालको फाईनल भिडन्तमा कोच मिलन नेवारका २ जना प्रतियोगीहरुले प्रतिस्पर्धा गर्दैछन् । टिम मिलनमा तहल्का मच्चाएका नुमा राई र मिन्छामा राई फाईनलमा पनि तहल्का मच्चाउने तयारीमा छन् । यी दुई प्रतियोगीहरु भर्सटाईल मात्र छैनन् बरु उनीहरु मेलोडियस प्रस्तुतिका लागि पनि चिनिएका छन् । कोच मिलनको टिममा रहेकी दार्जिलिङकी मिन्छामा राईलाई कतिपय दर्शक श्रोताहरुले सानो मिलनको रुपमा पनि चर्चा गर्ने गरेका छन् । फाईनल भिडन्तमा यी दुई प्रतियोगीहरुलाई दर्शकहरुले कत्तिको प्रेम देखाउँलान् भन्ने कुरा उनीहरुले प्रदान गर्ने भोटमा भरपर्नेछ । तपाईको विचारमा कोच मिलनको टिमबाट नुमा र मिन्छामाको जीत्ने सम्भावना कति छ जस्तो लाग्छ ? कृपया कमेन्ट गर्नुहोस् ।

कोच मिलनको टिमबाट कडा प्रतिस्पर्धाकाबिच फाईनलमा पुगेकी नुमा राई ईलाम निवासी हुन् । १४ वर्षीया नुमा हाल झापामा बस्छिन् । सानैदेखि गीत गाउन रुचि राखेकी नुमालाई उनकी आमा प्रनिता राईले गायन क्षेत्रमा लाग्न साथ दिएकी छिन् । उनी फाईनलमा पुगेसँगै नुमासँग दर्शकहरुको मत निक्कै राम्रो रहेको बुझ्न सकिन्छ । त्यस्तै द भोईस किड्स नेपालको सुरुवातदेखि नै आफ्नो सुमधुर आवाजले दर्शकहरुको मन जितेकी मिन्छामा राईले उत्कृष्ट २४ को प्रस्तुतिमा तेस्रो दिन पफोमर अफ द डे अवार्ड जितेकी थिईन् । दार्जिलिङ मिरिक निवासी ११ वर्षीया मिन्छामा दर्शक श्रोताहरुमाझ नाम कमाउन सफल प्रतियोगी हुन् । साकेलाबाट गायन सुरु गरेकी मिन्छामा उनको बुवाको प्रेरणा पाएर गायन यात्रामा अग्रसर छिन् । कोच मिलनको टिमबाट मिन्छामालाई सुरुदेखि फाईनल दाबेदारका रुपमा हेरिएको थियो । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*