कोच प्रमोदबाट जीत पक्का नै हो ?

३० पुष २०७८, शुक्रबार २०:१०
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, ३० पुस । द भोइस किड्स नेपालको फाईनल भिडन्तमा कोच प्रमोद खरेलको टिमबाट २ जना प्रतियोगीहरुले प्रतिस्पर्धा गर्दैछन् । कोच प्रमोदको टिमबाट रुक्साना लिम्बु र जेनिश उप्रेतीले फाईनल भिड्ने भएका हुन् । द भोईस किड्सकै सम्भावित विजेता कोचका रुपमा हेरिएका कोच प्रमोदको टिम सबैभन्दा बलियो भएको दर्शक श्रोताहरु तर्क गर्छन् । सेमिफाईनलमा कोच प्रमोदको टिमबाट सम्भावित विजेता दाबेदारहरु नै फाईनलमा पुगेका कारण अब उनको टिमबाट दुई प्रतियोगीहरुमध्ये कुन प्रतियोगीले टाईटल जित्लान् भनेर पनि दर्शक श्रोताहरु आफै अड्कलबाजी गरिरहेका छन् । भोटिङ कै आधारमा विजेता घोषणा गरिने भएकोले अन्य कोचको टिममा रहेका प्रतियोगीहरु पनि उत्तिकै बलिया हुनेछन् । के दर्शकहरुले सोचे जस्तै कोच प्रमोदको टिमबाट रुक्साना लिम्बु र जेनिश उप्रेतीमध्ये कुनै एक नै द भोईस किड्स नेपालको पहिलो विजेता बन्लान् त ? तपाईको विचारमा यी प्रतियोगीहरुमध्ये कुन प्रतियोगीले टाईटल जित्ला जस्तो लाग्छ कृपया कमेन्ट गर्नुहोस् ।

द भोइस किड्स नेपालको फाईनलमा पुगेकी रुक्साना लिम्बुलाई दर्शक श्रोताले भोईस किड्स नेपालको सम्भावित विजेता रुपमा हेरेका छन् । पहिला पनि राम्रो प्रस्तुति दिने गरेकी रुक्सानाले ब्याटल राउण्डदेखि थप तहल्का मच्चाउन सुरु गरेकी थिईन् । लाईभ शोमा आईपुग्दा उनलाई दर्शकहरुले सम्भावित विजेताका रुपमा आँकलन गर्न सुरु गरेका हुन् । उनका दमदार प्रस्तुतिहरुका कारण धेरैले उनलाई सम्भावित विजेता रुपम हेरेका हुन् । उनले सेमिफाईनलमा दिएको प्रस्तुतिले त झनै चर्चा पाएको छ । ८ वर्षीया रुक्साना झापा निवासी हुन् । उनकी आमा रेखा लिम्बुले रुक्सानालाई गायन क्षेत्रमै लाग्न प्रेरणा दिने गरेकी छिन् । रुक्साना सर्वाधिक चर्चामा रहेकी प्रतियोगीहरुमध्येकी एक हुन् । उनको पक्षमा दर्शक मत पनि भएकोले उनले टाईटल जित्ने सम्भावना निक्कै बलियो देखिन्छ ।

द भोइस किड्स नेपालको फाईनलमा पुगेका जेनिश उप्रेती ब्लाईण्ड अडिसनदेखि नै सम्भावित विजेताका रुपमा चर्चामा आएका प्रतियोगी हुन् । जेनिश द भोईस किड्स नेपालमा चारै जना कोचहरुलाई आफुतर्फ फर्काउन सफल चौथो प्रतियोगी हुन् । भोईस किड्स नेपालमा सबैभन्दा छिटो कोचको कुर्सी घुमाउन सफल जेनिश ११ वर्षका छन् । उनको आवाज सुनेर कोच राजु र कोच मिलन फास्टेट टर्न भएका थिए । मकवानपुर, चितवन र झापामा गरी ३ ठाउँमा आफ्ना जीवनका पलहरु गुजारेका उनलाई यी तिनै ठाउँबाट भोट आउने सम्भावना बलियो देखिन्छ । उनी हाल अंकल र आन्टीसँगै बसेर चितवनमा अध्ययन गर्दैछन् । ४ वर्षको उमेरदेखि विद्यालयको स्टेजमा गीत गाउन थालेका जेनिशलाई उनको बुवा तिर्थ प्रसाद उप्रेती र काका रमेश उप्रेतीले गायन क्षेत्रमा लाग्न निक्कै मदत दिएका छन् । उनी पियानो पनि राम्रो बजाउँछन् । क्यान्सर र कोरोनाका कारण आमा गुमाएका जेनिशलाई उनकी आमाले गायक बन्न र असल मान्छे बन्न हौसला दिने गरेका थिए । यी विविध कारणले गर्दा उनी विजेता बन्न सक्ने सम्भावना निक्कै बलियो देखिन्छ । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*