सारेगमपमा पशुपति शर्मा र जयनन्द लामाको तहल्का

३० पुष २०७८, शुक्रबार १९:५२
Featured Video Play Icon

मकवानपुर, ३० पुस । सारेगमप लिटिल च्याम्पस नेपालमा यो साता उत्कृष्ट ७ प्रतियोगीहरुको दमदार प्रस्तुति हुँदैछ । सारेगमप लिटिल च्याम्पस टिमले यही शुक्रबार र शनिबारको लागि सार्वजनिक गरेको प्रोमो अनुसार यो साताको एपिसोड निक्कै दमदार हुने देखिएको हो । शोमा यो साता चर्चित लोकदोहोरी गायक पशुपति शर्मा र चर्चित कलाकार तथा लोक गायक जयनन्द लामा अतिथिका रुपमा उपस्थित हुँदैछन् । उनीहरुले दिएको दमदार प्रस्तुतिले शोमा तहल्का मच्चाउने भएको हो । प्रोमो अनुसार सुरुमा गायक पशुपति शर्माले शोकी निर्णायक तथा गायिका ईन्दिरा जोशीलाई लक्षित गर्दै दोहोरी गाउँछन् । उनको दोहोरीले माहोल तातिएको देखिन्छ । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*