सागर घिसिङ र अञ्जु लामाको ‘मेरो रुप’ सार्वजनिक

२९ पुष २०७८, बिहीबार ११:०९

मकवानपुर, २९ पुस । गायिका अञ्जु लामा र चर्चित नायक सागर घिसिङको अभिनय रहेको सेलो गीत ‘मेरो रुप’ सार्वजनिक भएको छ । हस्त तामाङको शब्द तथा संगीतमा तयार भएको म्युजिक भिडियोमा गायिका अञ्जु लामाकै सुमधुर आवाज समेटिएको छ । गीतको म्युजिक भिडियोमा सागर र अञ्जुले रोमान्टिक अभिनय गरेका छन् ।

तामाङ तथा नेपाली चलचित्रका साथै म्युजिक भिडियोमा समेत व्यस्त रहेका नायक सागर घिसिङ र गायिका अञ्जु लामाको केमेष्ट्रीलाई दर्शकहरुले रुचाउने देखिएको छ । म्युजिक भिडियोमा परदेशबाट घर फर्किएका युवक र गाउँमै रहेकी युवतीबिचको प्रेमकथा समावेश गरिएको छ । म्युजिक भिडियोमा सागर र अञ्जुसँगै अन्य कलाकारहरुको पनि अभिनय देख्न सकिन्छ ।

पवन वाङ लामाको एरेञ्ज तथा दिपेश प्रधानको मिक्सिङमा गीत तयार भएको हो । गीतलाई सरगम रेकर्डिङ स्टुडियोमा रेकर्डिष्ट अर्पण थिङले रेकर्ड गरेका हुन् । म्युजिक भिडियोलाई अजय स्याङ्तानले कोरियोग्राफ तथा निदेर्शन गरेका हुन् । विक्रम मोक्तानको सिनेम्याटोग्राफीमा तयार भएको म्युजिक भिडियोलाई राजेन्द्र मोक्तानले कलरिङ गरेका छन् । म्युजिक भिडियो एलआरए युट्युब च्यानलबाट प्रिमियर गरिएको हो । हेर्नुहोस् म्युजिक भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*