यस्तो अचम्मको रिजल्ट भयो

२६ पुष २०७८, सोमबार ११:२६
Featured Video Play Icon

मकवानपुर, २६ पुस । द भोईस किड्स नेपालको पहिलो सेमिफाईनलबाट ४ जना प्रतियोगीहरु फाईनलका लागि छानिए । त्यस्तै ४ जना प्रतियोगीहरु भने बाहिरिएका छन् । शुक्रबार भएको पहिलो सेमिफाईनलमा कोच मिलन र कोच प्रविशाको टिमबाट ८ जना प्रतियोगीहरुले प्रतिस्पर्धा गरेका थिए । उनीहरुमध्ये दर्शक भोटका आधारमा ४ जना बाहिरिएका हुन् । शोबाट फाईनलमा पुग्ने दाबेदारहरु पेमा दिछेन तामाङ, क्षितिज पौडेल, श्रेयसी आचार्य र टेरेसा कुमारी विश्वकर्मा बाहिरिएपछि दर्शकहरुले पून विभिन्न टिप्पणीहरु गरेका छन् । शोबाट यी ४ प्रतियोगीहरु बाहिरिएसँगै स्टेजमा निक्कै समय रुवाबासी नै चलेको थियो । दर्शकहरु पनि नतिजालाई लिएर स्तब्ध नै भएका छन् ।

कोच मिलनको टिमबाट नुमा राई र मिन्छामा राई तथा कोच प्रविशाको टिमबाट सुसमी गुरुङ र अनुजा कडरिया फाईनलमा पुगेका छन् । यी प्रतियोगीहरु फाईनलमा पुगेकोमा दर्शक तथा श्रोताहरु खुशी देखिन्छन् तर उनीहरुले बाँकी ४ जना बाहिरिएकोमा पनि दुःख व्यक्त गरेका छन् । कतिपयले विजेता नै बन्नसक्ने खुबी भएका पेमा दिछेन तामाङ र क्षितिज पौडेल बाहिरिएको भन्दै भोटिङ सिस्टमको विरोध गरेका छन् । श्रेयसी र टेरेसा बाहिरिएकोमा पनि दर्शकहरु दुःखी छन् । तर फर्म्याट अनुसार नै केबल एक जनाले मात्र टाईटल जित्ने भएकोले कतिपय दर्शकहरु भने यसलाई सामान्य मान्नुपर्ने भन्दै कमेन्ट गर्दैछन् ।

द भोइस किड्स नेपालको सेमिफाईनलसम्म पुगेकी पेमाका लाखौँ फ्यानहरु छन् । उनलाई लाईभमा नलगेकोमा उनका प्रशंसकहरुले कोच राजुको विरोध समेत गरेका थिए । तर उनले कोच प्रविशाको टिमबाट स्टिल हुँदै सेमिफाईनलसम्म पुगेकी थिईन् । उनले उत्कृष्ट २४ को प्रस्तुतिका क्रममा चौथो दिन पफोमर अफ द डे अवार्ड जितेकी थिईन् । पेमा द भोईस किड्स नेपालमा चारै जना कोचहरुलाई आफुतर्फ फर्काउन सफल नवौँ प्रतियोगी हुन् । ८ वर्षिया पेमा दार्जिलिङ निवासी हुन् । त्यस्तै द भोइस किड्स नेपालको सेमिफाईनलमा पुगेका क्षितिज पौडेललाई जुनियर प्रमोद खरेलको रुपमा दर्शकहरुले लिएका थिए । स्टेज प्रस्तुतिमा तहल्का मच्चाएका क्षितिज लाईभ राउण्डको पहिलो पफोमर अफ द डे अवार्ड विजेता हुन् । १० वर्षीय क्षितिज रामेछाप निवासी हुन् । यी दुई प्रतियोगीहरु नै भोटको अभावमा बाहिरिएपछि शो अहिले रोचक मोडमा पुगेको छ ।

द भोईस किड्स नेपालको सेमिफाईनलमा पुगेकी टेरेसा कुमारी विश्वकर्मा र श्रेयसी आचार्य पनि शोबाट बाहिरिए । उनीहरुको सुमधुर आवाज र शालिन प्रस्तुतिलाई दर्शकहरुले रुचाएका थिए । कोच मिलनको टिममा रहेकी ८ वर्षीया टेरेशा दैलेखको चामुण्डा निवासी हुन् । त्यस्तै कोच प्रविशाको टिममा रहेकी ७ वर्षीया श्रेयशी काठमाडौँकी हुन् । यी दुई प्रतियोगीहरुले सानै उमेरमा आफुलाई आवाजको दुनियाँमा उदाउँदो ताराका रुपमा चिनाएका थिए । यी दुई प्रतियोगीको यात्रा पनि सेमिफाईनलमै रोकिएको छ ।

हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*