द भोईस किड्स नेपालको लाईभमा अवार्ड जित्ने ४ आवाज

२५ पुष २०७८, आईतवार १९:५२
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, २५ पुस । द भोइस किड्स नेपालको सेमिफाईनल राउण्ड अघि भएको लाईभ राउण्डमा पहिलो र दोस्रो हप्ता उत्कृष्ट २४ जनाले उत्कृष्ट १६ का लागि प्रस्तुति दिएका थिए । ती प्रतियोगीहरुमध्ये ४ जनाले उत्कृष्ट २४ को प्रस्तुतिका क्रममा पफोमर अफ द डे अवार्ड जितेका थिए । अचम्मको कुरा त के भने अवार्ड जितेकाहरुमध्ये केबल ३ जना प्रतियोगीमात्र उत्कृष्ट १६ अर्थात सेमिफाईनलमा पुगेका थिए । एक जना प्रतियोगी भने दर्शक भोटको अभावमा शोबाट बाहिरिएकी थिईन् । यी ४ जना प्रतियोगीहरु नै द भोईस किड्स नेपालको ईतिहासमा अवार्ड जित्ने पहिलो ऐतिहासिक प्रतियोगीहरु हुन् ।

द भोइस किड्स नेपालको लाईभ शोमा अवार्ड जित्ने पहिलो प्रतियोगी हुन् क्षितिज पौडेल । उनी सेमिफाईनलबाट बाहिरिएका छन् । पहिला कोच राजुको टिममा रहेका क्षितिजले पछि कोच मिलनको टिममा स्टिल हुँदै तहल्का मच्चाएका थिए । उनले लाईभ राउण्डको पहिलो दिनमा पफोमर अफ द डे अवार्ड जितेका थिए । १० वर्षीय क्षितिज रामेछाप निवासी हुन् । हाल उनी कलंकी बस्छन् । कक्षा ४ मा अध्ययनरत क्षितिज गायक बन्ने लक्ष्य राख्छन् । त्यस्तै द भोईस किड्सको लाईभ शोमा दोस्रो दिन अवार्ड जित्ने प्रतियोगी हुन् समृद्धि परियार । तर उनी भने सेमिफाईनलमा पुगेनन् । दर्शक भोटका आधारमा उनको यात्रा उत्कृष्ट २४ सम्ममात्र पुगेको थियो । उनी बाहिरिँदा दर्शकहरुले असन्तुष्टि जनाएका थिए । कोच प्रमोदको टिमबाट लाईभ शोमा पुगेकी १४ वर्षीया समृद्धि नख्खिबोट निवासी हुन् । उनी चारै जना कोचहरुको कुसी घुमाउने एघारौँ प्रतियोगी हुन् । सेन्ट जेभियर्स स्कूल गोदावरीमा कक्षा ९ मा अध्ययनरत समृद्धिले सानैदेखि गायनमा अनुभव संगालेकी छिन् ।

द भोईस किड्स नेपालको लाईभ शोमा तेस्रो दिन पफोमर अफ द डे अवार्ड जित्ने प्रतियोगी हुन् मिन्छामा राई । कोच मिलनको टिमबाट लाईभ भिडेकी उनी अहिले फाईनलमा पुगेकी छिन् । ११ वर्षीया मिन्छामा दार्जिलिङ मिरिक निवासी हुन् । साकेलाबाट गायन सुरु गरेकी मिन्छामाले शोमा तहल्का मच्चाईरहेकी छिन् । त्यस्तै शोको विजेता दाबेदारहरुमध्येका एक पेमा दिछेन तामाङले पनि लाईभ शोको चौथो दिन पफोमर अफ द डे अवार्ड जितेकी थिईन् । तर उनको यात्रा सेमिफाईनलसम्म मात्र सिमित रह्यो । सुरुमा कोच राजुको टिममा रहेकी पेमाले पछि कोच प्रविशाको टिममा स्टिल हुँदै सेमिफाईनल अर्थात उत्कृष्ट १६ सम्मको यात्रा तय गरेकी थिईन् । पेमा द भोईस किड्स नेपालमा चारै जना कोचहरुलाई आफुतर्फ फर्काउन सफल नवौँ प्रतियोगी हुन् । ८ वर्षिया पेमा दार्जिलिङ निवासी हुन् ।

हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*