सारेगमप लिटिल च्याम्पस नेपालमा यो साता यति कडा प्रस्तुति

२३ पुष २०७८, शुक्रबार १७:४७
Featured Video Play Icon

मकवानपुर, २३ पुस । सारेगमप लिटिल च्याम्पस नेपालमा यो साता उत्कृष्ट ८ प्रतियोगीहरुको दमदार प्रस्तुति हुँदैछ । सारेगमप लिटिल च्याम्पसले यही शुक्रबार र शनिबारको लागि सार्वजनिक गरेको प्रोमो अनुसार यो साताको एपिसोड निक्कै दमदार हुने देखिएको हो । शोमा यो साता चर्चित गायक शिव परियार अतिथिका रुपमा उपस्थित हुँदैछन् । उनले दिएको दमदार प्रस्तुतिसँगै शोकी चर्चित प्रतियोगी कृपा पौडेलले पनि केही धमाका मच्चाएकी छिन् । उनको प्रस्तुतिलाई लिएर निर्णायकहरुले प्रशंसा पनि गरेका छन् ।

त्यस्तै यो साता नै शोको सर्वाधिक रुचाएकी प्रतियोगीहरुमध्येकी एक दिया सोनारले पनि दमदार प्रस्तुति दिँदैछिन् । उनी शोबाट बाहिरिँदा धेरै दर्शक श्रोताहरुले शोको आलोचना गर्नुका साथै दियाको प्रशंसा गरेका थिए । दियाको आवाज सुनेर निर्णायक र दर्शकहरु निक्कै प्रफुल्लित भएको देखिन्छ ।

शोमा यो साता उत्कृष्ट ८ को प्रस्तुतिसँगै थप केही प्रस्तुतिहरु समेत हुनेछन् । यो साता नै शोमा उत्कृष्ट ७ प्रतियोगीहरु छनौट हुनेछन् । यो साता प्रसारण हुने एपिसोड २७ र २८ लाई दर्शकहरुले पनि पर्खिरहेका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*