भोईस किड्स नेपालमा पत्याउनै नसकिने नतिजा

२० पुष २०७८, मंगलवार १३:०६
Featured Video Play Icon

मकवानपुर, २० पुस । द भोइस किड्स नेपालको लाईभ राउण्डबाट सम्भावित विजेता दाबेदारहरु नै बाहिरिएपछि अहिले दर्शक श्रोताले त्यसको बारेमा विभिन्न टिप्पणीहरु गरेका छन् । शोको उत्कृष्ट २४ मा पुगेका चर्चित प्रतियोगीहरु समृद्धि परियार, सरगम राई, आर्यतारा रिजाल, गंगा कार्की, हितेश राउत, संयोग घिमिरे, शुभम निरौँला र निमेश शर्मा बाहिरिएपछि दर्शक श्रोताहरुले असन्तुष्टि व्यक्त गरेका हुन् । रियालिटी शोहरुमा ट्यालेन्टले भन्दा पनि भोटले जित्ने प्रवृत्ति हाबी भएको भन्दै दर्शक श्रोताहरुले असन्तुष्टि जनाएका हुन् । कतिपय दर्शक श्रोताहरुले राम्रा प्रतियोगीहरु नै बाहिरिएको भन्दै टिप्पणी गरेका छन् । बाहिरिएकामध्ये कतिपय प्रतियोगीले लाईभ शोमा उत्कृष्ट प्रस्तुति दिनुका साथै पफोमर अफ द डे अवार्ड पनि जितेका थिए । प्रस्तुतिमा सबैको प्रशंसा पाएर मन जितेता पनि ती प्रतियोगीहरुले भोटकै कारण शो हार व्यहोरेका छन् । शोमा पत्याउनै नसकिने नतिजा आएकोमा कोचहरुसँगै दर्शक श्रोता पनि अचम्मित भएका छन् ।

बाहिरिएकाहरुमध्ये उत्कृष्ट २४ को प्रस्तुतिका क्रममा कोच प्रमोदको टिममा रहेकी समृद्धि परियारले पफोमर अफ द डे अवार्ड जितेकी थिईन् । उनलाई दर्शक श्रोताहरुले शोको सम्भावित फाईनाष्टिका रुपमा पनि चर्चा गरेका थिए । तर भोटिङ राउण्डमा उनले भोट अभाव भएकै कारण शो छोड्नुपरेको छ । उनी रुँदै बाहिरिदा कोचहरु पनि भावुक भएका थिए । समृद्धि द भोईस किड्स नेपालमा चारै जना कोचहरुलाई आफुतर्फ फर्काउन सफल एघारौँ प्रतियोगी हुन् ।

त्यस्तै द भोईस किड्स नेपालमा चारै जना कोचहरुलाई आफुतर्फ फर्काउन सफल पाँचौँ प्रतियोगी सरगम राई पनि शोबाट बाहिरिएकी छिन् । कोच प्रविशाको टिममा रहेकी सरगमलाई पनि धेरै श्रोताहरुले फाईनालिष्टका रुपमा चर्चा गरेका थिए । तर नतिजा उल्टो आएको छ । त्यस्तै वेष्टर्न फ्लेवरमा गीत गाएर तहल्का मच्चाएकी आर्यतारा रिजाल र सम्भावना बोकेकी गायिका गंगा कार्की पनि शोबाट बाहिरिएका छन् । उनीहरुलाई दर्शक श्रोताले अझै अगाडि बढ्न सक्ने प्रतियोगीका रुपमा चर्चा गरेका थिए ।

त्यस्तै चारै जना कोचहरुको कुर्सी घुमाउन सफल हितेश राउत निमेश शर्मा पनि शोबाट बाहिरिएका छन् । उनीहरुलाई पनि दर्शकहरुले फाईनलका दाबेदार भएको चर्चा गर्ने गरेका थिए । आफ्नो प्रस्तुतिले सबैको मन जितेका संयोग घिमिरे र शुभम निरौँला पनि शोबाट बाहिरिएका छन् । यी ८ जना प्रतियोगीहरुलाई धेरै दर्शक र श्रोताले रुचाएका थिए । कोचसँगै दर्शक श्रोताको मन जितेका यी प्रतियोगीहरु भोटको अभावकै कारण शोबाट बाहिरिएका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*