कोच प्रविशा अधिकारीको टिमबाट को पुग्ला उत्कृष्ट १६ मा ?

१७ पुष २०७८, शनिबार ०६:२८
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, १७ पुस । द भोइस किड्स नेपालको लाईभ राउण्डमा कोच प्रविशा अधिकारीको टिमबाट दमदार प्रस्तुतिहरु भएका छन् । कोच प्रविशाको टिमबाट यो साता उत्कृष्ट १६ का लागि ४ जना विजेताहरु छानिनेछन् । कोच प्रविशाका ६ जना लाईभ भिड्ने प्रतियोगीहरुमध्ये ४ जना प्रतियोगीहरुले ब्लाईण्ड अडिसनमा चारै जना कोचहरुको कुर्सी आफुतर्फ घुमाएका थिए । त्यस्तै बाँकी दुई जना प्रतियोगीहरु पनि निक्कै बलिया प्रतियोगीहरु रहेका छन् । लाईभ राउण्डमा ६ जना प्रतियोगीहरुले दमदार प्रस्तुति दिएपछि अब कोच प्रविशाको टिमबाट उत्कृष्ट भोट प्राप्त गर्दै कुन प्रतियोगीहरु उत्कृष्ट १६ को लागि छानिएलान् भन्ने प्रश्न पनि खडा भएको छ । लाईभ शोमा कोच प्रविशाको टिमबाट अनुजा कडरिया, निमेश शर्मा, सरगम राई, सुसमी गुरुङ, श्रेयसी आचार्य र पेमा दिछेन तामाङले प्रतिस्पर्धा गरेका थिए । तपाईको विचारमा यी प्रतियोगीहरुमध्ये कुन प्रतियोगीहरु उत्कृष्ट १६ मा पुग्लान् जस्तो लाग्छ ? कृपया कमेन्ट गर्नुहोस् ।

कोच प्रविशाको टिममा भएका बलिया प्रतियोगीहरुमध्येका एक प्रतियोगी हुन् अनुजा कडरिया । उनी द भोईस किड्समा चारै जना कोचहरुलाई आफुतर्फ फर्काउन सफल पहिलो प्रतियोगी हुन् । ९ वर्षीया अनुजा बिर्तामोड झापा निवासी हुन् । त्यस्तै कोच प्रमोदको टिमबाट कोच प्रविशाको टिममा स्टिल हुँदै आईपुगेका निमेश शर्मालाई पनि दर्शक श्रोताहरुले उत्कृष्ट १६ मा पुग्नसक्ने दाबेदारका रुपमा चर्चा गरेका छन् । निमेश द भोईस किड्स नेपालमा चारै जना कोचहरुलाई आफुतर्फ फर्काउन सफल सातौँ प्रतियोगी हुन् । ११ वर्षीय निमेश गौशाला काठमाडौँ निवासी हुन् ।

कोच प्रविशाको टिमको अर्का बलिया प्रतियोगी हुन् सरगम राई । सरगम द भोईस किड्स नेपालमा चारै जना कोचहरुलाई आफुतर्फ फर्काउन सफल पाँचौँ प्रतियोगी हुन् । ८ वर्षीया सरगम भोजपुर आमचोक निवासी हुन् । साँगितिक परिवारमै हुर्किएकी सरगमले कोच प्रविशाको टिमबाट तहल्का मच्चाउँदैछिन् । कोच प्रविशाकै टिमबाट सुसमी गुरुङ पनि उत्कृष्ट १६ का लागि भिडिेकी थिईन् । ६ वर्षीया सुसमी झापा निवासी हुन् । ४ वर्षकै उमेरदेखि गीत गाउन थालेकी सुसमी निक्कै राम्रो गाउँछिन् ।

कोच प्रविशाको टिमबाट श्रेयशी आचार्यले पनि तहल्का मच्चाउँछिन् । ७ वर्षीया श्रेयशी काठमाडौँकी हुन् । उनी सानैदेखि गायन र नृत्यमा रुचि राख्छिन् । त्यस्तै कोच प्रविशाको टिमका अर्का हिरा हुन् पेमा दिछेन् तामाङ । यसअघि उनी कोच राजुको टिममा थिईन् । पेमालाई प्रविशाले स्टिलबाट आफ्नो टिममा पारेका थिए । पेमा द भोईस किड्स नेपालमा चारै जना कोचहरुलाई आफुतर्फ फर्काउन सफल नवौँ प्रतियोगी हुन् । ८ वर्षिया पेमा दार्जिलिङ निवासी हुन् । उनलाई कतिपय दर्शकहरुले कोच राजुले नचिनेको हिराका रुपमा पनि ब्याख्या गर्ने गरेका छन् । उनलाई कोच प्रविशाको टिमबाट फाईनलमा पुग्नसक्ने दाबेदारका रुपमा पनि चर्चा गर्ने गरिएको छ । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*