अवार्डको हकदार समृद्धि परियारको आवाज (Samriddi Pariyar Voice Kids Nepal)

Samriddi Pariyar Biography
१६ पुष २०७८, शुक्रबार २०:४३
Featured Video Play Icon
Samriddi Pariyar Biography

मकवानपुर, १६ पुस । द भोइस किड्स नेपालको लाईभ राउण्डमा कोच प्रमोद खरेलको टिमबाट प्रस्तुति दिएकी समृद्धि परियारले पफोमर अफ द डे अवार्ड प्राप्त गरेकी छिन् । कोच प्रविशा र कोच प्रमोदको टिमबाट प्रस्तुति दिएका १२ जना प्रतियोगीमध्ये समृद्धिले पफोमर अफ द डे अवार्ड जितेकी हुन् । उनले लाईभ राउण्डमा दर्शकहरुको र कोचहरुको मन जितेकी थिईन् । उनले भुली गए सम्झनालाई कुसुमे रुमाल बोलको गीत गाएर अवार्डको हकदार बनेकी थिईन् । उनको प्रस्तुतिमा चारै जना कोचहरुले स्टाण्डिङ अवेसन दिएका थिए ।

मेलोडियस आवाज भएकी समृद्धि गायनकै कारण अहिले चर्चामा छिन् । समृद्धि द भोईस किड्स नेपालमा चारै जना कोचहरुलाई आफुतर्फ फर्काउन सफल एघारौँ प्रतियोगी हुन् । उनी कोच प्रमोदको टिममा छिन् । १४ वर्षिया समृद्धि नख्खिबोट निवासी हुन् । सेन्ट जेभियर्स स्कूल गोदावरीमा कक्षा ९ मा अध्ययनरत समृद्धिकी आमा र दाई पनि गीत गाउँछन् । उनी साँगितिक परिवारमै हुर्किएकी हुन् ।

२ वर्षको उमेरमा बुवासँगै पहिलो पटक स्टेज प्रस्तुति दिएकी समृद्धि आफु गायन क्षेत्रमा आउनुमा बुवाकै देन भएको बताउँछिन् । रंगकर्मी समेत रहेका बुवाले उनलाई कला क्षेत्रमा लाग्न निक्कै साथ दिएका थिए । स्थानिय चुनावका क्रममा बुवाको मृत्यु भएपछि उनकी आमा बिमला परियारले समृद्धिलाई हौसला र साथ दिँदै आएकी छिन् । बुवाको सपना पूरा गर्न हिँडेकी समृद्धि संगीत यात्रामा अगाडि बढ्दैछिन् । बुवा विक्रम परियारले देखेको सपनालाई उनकी आमा र दाईले पनि आत्मासाथ गरेर समृद्धिलाई साथ दिएका छन् । हेर्नुहोस् भिडियो सामग्री–

लाईभ शोमा समृद्धि परियारको प्रस्तुति । हेरौँ केही तस्बिरहरु–


ब्याटल राउण्डमा समृद्धि परियारको प्रस्तुति । हेरौँ केही तस्बिरहरु–


ब्लाईण्ड अडिसन राउण्डमा समृद्धि परियारको प्रस्तुति । हेरौँ केही तस्बिरहरु–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*