पाई नेटवर्क अपडेट–कसरी गर्ने मेननेटको सेटिङ ? Pi Mainnet Update Live

१४ पुष २०७८, बुधबार १४:४५
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, १४ पुस । पाई क्वाईन माईन गर्नेहरुका लागि अब खुशीको खबर छ । २०२१ को डिसेम्बरमै अब पाई टेष्टिङ फेजबाट मेन नेटमा जाँदैछ । नेपालमा अहिले क्रिप्टोकरेन्सीको कारोबार वैधानिक नभएको समयमा यो खबर त्यति खुशियाली मनाउने विषय नहुन सक्छ । तर विगत केही वर्षदेखि स्वदेशमा वा विदेशमा बसेर पाई क्वाईन माईनिङ गरिरहने प्रयोगकर्ताहरुका लागि भने यो आसाको खबर हो । आसा गरौँ नेपालमा पनि छिट्टै क्रिप्टोकरेन्सीले मान्यता पाउनेछ । आज हामी तपाईलाई पाई क्वाईनमा केही समयदेखि आईरहेको अपडेटका बारेमा विस्तृत जानकारी दिँदैछौँ ।
अहिले पाई नेटवर्क प्रयोग गर्ने सबै प्रयोगकर्ताहरुले पाईको होम स्क्रीनमा देखाएको जस्तै सूचना देखिरहनुभएको छ होला । यो सूचना मेन नेट अब लाईभ हुने बारेको सूचना हो । यसमा तपाई योर चेकलिष्ट भन्ने अप्सनबाट पनि चेक गर्नसक्नुहुन्छ भने रोडम्याप अप्सनबाट पनि रोडम्यापका बारेमा बुझ्नसक्नुहुन्छ । म तपाईलाई अप्सनबाटै यी कुराहरु बारे जानकारी दिनेछु । हेर्नुहोस् सबै जानकारी भिडियोमा–

सबैभन्दा सुरुमा अप्सनमा जानका लागि यो ३ वटा बार भएको आईकनमा थिच्नुहोस् । त्यहाँ तपाईले होमभन्दा तल मेननेट भन्ने अप्सन देख्नुहुनेछ । तपाईको पाई एप अपडेट भएको छैन भने केही तल यो अप्सन हुन्छ । अब मेननेट अप्सनमा थिच्नुहोस् । अब तपाईले योर मेननेट पाई ब्यालेन्स प्रिभ्यू भन्ने अप्सन देख्नुहुनेछ । त्यहाँ तल अहिलेसम्म पाई मेननेट लाईभ भईनसकेको जानकारी पनि दिइएको छ । अब यसको तल तपाईले ७ वटा अप्सन देख्नुहुन्छ । अनभेरिफाईड ब्यालेन्स, ट्रान्स्फरेबल ब्यालेन्स टु मेननेट, वालेट ब्यालेन्स, लकअप ब्यालेन्स, कन्फिगर लकअप रेट, प्रिभ्यू अनभेरिफाईड बोनसेज र मेननेट चेकलिष्ट । यी अप्सनहरु के हुन् त आउनुहोस् एक एक चर्चा गरौँ ।
१) अनभेरिफाईड ब्यालेन्स–यो ब्यालेन्स चाहिँ तपाईले रिफर गर्नुभएका र सेक्युरिटी टिमका साथीहरुले पाई माईन गर्दा बोनसका रुपमा तपाईलाई आएको पाई क्वाईन हो । मेननेटमा लाईभ हुँदा तपाईको यो ब्यालेन्स पनि पछि बिस्तारै तपाईको मेन ब्यालेन्समै जोडिनेछ । तर त्यसका लागि भने तपाईका साथीहरुले केवाईसी भेरिफाई गर्नुपर्छ । तपाईको रिफरबाट आएकाहरुले ज–जसले केवाईसी भेरिफाई गर्छन् उनीहरुबाट प्राप्त भएको बोनस क्रमैसँग तपाईको मेन ब्यालेन्समा जोडिनेछ । यदि केवाईसी भेरिफाई गरेनन् भने त्यो ब्यालेन्स तपाईको ब्यालेन्समा जोडिनेछैन । यो अप्सनको तल प्रिभ्यू भन्ने अप्सनमा थिच्नुभयो भने कति ब्यालेन्स भेरिफाईड भएको छैन भनेर देखाउँछ ।
२) ट्रान्स्फरेबल ब्यालेन्स टु मेननेट–यो अप्सनमा देखाइएको ब्यालेन्स चाहिँ तपाई एक्लैले माईन गर्नुभएको पाई क्वाईन हो । यदि तपाईको केवाईसी भेरिफाई भइसकेको छ भने पाई मेननेटमा जानेबित्तिकै तपाईको यो ब्यालेन्स मेननेटमा सिधै जानेछ । यो ब्यालेन्स नै तपाईको पाई ब्यालेन्सबाट मेननेटमा जाने वास्तविक पाई क्वाईन हो ।
३) वालेट ब्यालेन्स–वालेट ब्यालेन्स चाहिँ मेननेट लाईभ भएपछि तपाईको वालेटमा जाने जम्मा ब्यालेन्स हो । यो अब चाँडै लञ्च हुँदैछ ।
४) लकअप ब्यालेन्स–मेननेटमा जानेबित्तिकै पाईको अवैध कारोबार नहोस् वा बेच्नेहरुको संख्या बढेर यसको मूल्य निक्कै सस्तो नहोस् भन्ने उदेश्यले पाईले लकअप ब्यालेन्सको अप्सन राखेको छ । यसमा तपाईले सबै ब्यालेन्स वा केही प्रतिशत ब्यालेन्सलाई बढीमा ३ वर्ष सम्मका लागि बैँकहरुमा फिक्स डिपोजिट गरे जस्तै गरी चलाउन नमिल्ने गरी लकअप गर्न सक्नुहुन्छ । यो लकअप ब्यालेन्स जत्ति धेरै वा जत्ति धेरै वर्षको लागि गरियो त्यत्ति नै धेरै पाई माईनिङको रेट बढ्नेछ । लकअप गर्न लागि तपाईले तल कन्फिगर अप्सनमा थिच्नुहोस् ।

यहाँ लकअप पर्सेन्टेज र लकअप ड्युरेसनको अप्सन छ । लकअप पर्सेन्टेज अप्सनमा तपाईले माईन गर्नुभएको कति प्रतिशत क्वाईन लकअप गरेर राख्ने भनेर छान्नसक्नुहुन्छ । यसमा २५ प्रतिशत, ५० प्रतिशत, ९० प्रतिशत, सतप्रतिशत वा दुई सय प्रतिशत सम्म लकअप गर्न सकिन्छ । २ सय प्रतिशत चाहिँ केही समयपछि मात्र उपलब्ध हुनेछ । त्यस्तै लकअप ड्युरेसनमा दुई हप्ता, ६ महिना, १ वर्ष र ३ वर्षको अवधिका लागि लकअप गर्नसक्नुहुन्छ । यो लकअप पर्सेन्टेज जत्ति धेरै वा लकअप ड्युरेसन जत्ति धेरै वर्षको लागि गरियो त्यत्ति नै धेरै पाई माईनिङको रेट बढ्नेछ । तपाई यदि पाई लामो समयपछि मात्र प्रयोग गर्नचाहानुहुन्छ भनेर धेरै लकअप रेट राखेर सेभ गर्नसक्नुहुन्छ । तपाईले अहिले सेटअप गरे अनुसारै मेननेटमा गएपछि पनि लकअप रेट सेभ हुनेछ । यसलाई पछि परिवर्तन गर्न पनि सकिन्छ । सेभ गर्नुभएपछि सक्सेस भन्ने सूचना आउँछ । अब ब्याक आउनुहोस् ।
५) कन्फिगर लकअप रेट–यो अप्सनमा चाहिँ अघि लकअप कन्फिगर गर्ने अप्सनमा सिधै पुग्ने अप्सन हो । यसमा हामीले अघि नै चर्चा गरिसकेका छौँ ।
६) प्रिभ्यू अनभेरिफाईड बोनसेज–यो अप्सनमा पनि सुरुमा चर्चा गरिएको अनभेरिफाईड बोनसका बारेमा हो । यसमा हामीले रिफर गरेका प्रयोगकर्ताहरुबाट प्राप्त बोनस पाई राखिएको छ । यसका बारेमा हामीले सुरुमै चर्चा गरिसकेका छौँ ।
७) मेननेट चेकलिष्ट– यो अप्सनमा चाहिँ हामीले मेननेटमा प्रवेश गर्नुअघिको स्टेप र मेननेटमा प्रवेश गरेपछि के के गर्नुपर्छ भन्ने स्टेपका बारेमा जानकारी दिईएको छ । आउनुहोस् यस बारेमा चर्चा गरौँ–
१) डाउनलोड पाई ब्राउजर एप–सुरुमा ‘डाउन्लोड पाई ब्राउजर एप’ भन्ने अप्सन छ यो ब्राउजर सम्भवत तपाईले डाउनलोड गरिसक्नुभयो होला । नभए तपाईले डाउनलोड गर्नसक्नुहुनेछ ।
२) क्रेट अ पाई वालेट–तपाईले यसअघि नै पाई वालेट क्रियट गरिसक्नुभएको होला । नभए तपाईले पाई ब्राउजरबाट पाई वालेटक्रियट गर्नसक्नुहुन्छ । मेननेटमा गएपछि यसैमा तपाईको पाई क्वाईन जम्मा हुन्छ ।
३) डिसाईड हाउमच पाई यु वान्ट टु लकअप–यो पाई लकअप गर्ने अप्सन हो । हामीले यसअघि लकअप ब्यालेन्स बारे बताएका थियौँ । यो त्यही अप्सन हो ।
४) सबमिट योर केवाईसी एप्लीकेसन–अब भविष्यमा फेरि केवाईसी भेरिफाई गर्नको लागि अप्सन आउनेछ । पाई ब्राउजरमा केवाईसी एपमार्फत हामी केवाईसी भेरिफाईको लागि एप्लिेकसन दिन सक्छौँ ।
५) ओएट फर केवाईसी रिजल्ट–यो स्टेपमा चाहिँ हामीले सबमिट गरेको केवाईसी एप्लिकेसन भेरिफाई भयो कि भएन भनेर कुर्नुपर्छ । भेरिफाई नभएमा फेरि भेरिफाई गर्नुपर्छ ।
६) ईन्भाईट योर टिम्स टु कम्प्लीट केवाईसी टु ट्रान्स्फर मोर पाई–यो अप्सन चाहिँ पाई युजरको लागि राम्रो कुरा हो । पाईले निकट भविष्यमै हाम्रो टिमका साथीहरुलाई हामीले नै केवाईसी भेरिफाई गर्नको लागि ईन्भाईट गर्नसक्नेछौँ । यो कसरी हुन्छ पछि नै थाहा पाईनेछ । यसरी पाई क्वाईन छिट्टै वास्तविकतामा बदलिनेछ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*