अपत्यारिलो नतिजाले निम्ताएको प्रश्न, किन बाहिरिईन् दिया सोनार ?

१४ पुष २०७८, बुधबार ०९:०५
Featured Video Play Icon

मकवानपुर, १४ पुस । सारेगमप लिटिल च्याम्पस नेपालको अपत्यारिलो नतिजालाई लिएर दर्शक श्रोताहरुले पून एकपटक रियालिटी शोको विषयमा प्रश्न चिन्ह खडा गरेका छन् । गत साता शोको विजेता दाबेदारहरु मध्येका एक मानिएकी सुरिलो स्वरकी धनी दिया सोनार बाहिरिएपछि अहिले उक्त एपिसोडमा दियाकै विषयमा कयौँ कमेन्टहरु गरिएका छन् । नेपाली साँगितिक क्षेत्रमा स्थापित हुनसक्ने एउटा आवाजले न्याय नपाएको भन्दै दर्शक श्रोताहरुले दिया बाहिरिनुलाई एउटा पत्याउनै नसक्ने नतिजा भएको बताएका छन् । रोचक कुरा त के भने उनले बाहिरिएकै हप्ता पफोमर अफ द विक अवार्ड जितेकी थिईन् । उनले शोही हप्ता नै चाट बष्टर र ब्लकबष्टर प्रस्तुति दिएकी थिईन् ।

उनी बाहिरिएपनि उनले सबैको मन जितेको भन्दै दर्शक श्रोताले दियाको साँगितिक यात्राको सुनौलो दिन सुरु भएको बताएका छन् । उनी शोबाट बाहिरिएता पनि उनको आवाजलाई दर्शक श्रोताहरुले नेपाली साँगितिक आकाशमा सधैँ गुञ्जेको चाहेको टिप्पणी गरेका छन् । गायन रियालिटी शोहरुमा उत्कृष्ट आवाज भएका प्रतियोगीहरु भोटमा पैसा खर्च गर्न नसकेरै बाहिरिने गरेको भन्दै दर्शकहरुले रियालिटी शोको विश्वसनियता बारे प्रश्न उठाएका छन् । उत्कृष्ट ८ सम्म पुगेतापनि वाईल्ड कार्ड राउण्डपछि दिया र अन्य प्रतियोगीहरु पून उत्कृष्ट १० मा पछाडि धकेलिएका थिए । बिगतका एपिसोडहरुमा समेत तहल्का मच्चाएकी दियाले वाईल्ड कार्ड राउण्डपछि भएको उत्कृष्ट १० को प्रस्तुतिमा पनि तहल्का मच्चाएकी थिईन् । उनको आवाजमा निर्णायकहरुले स्टाण्डिङ अवेशन दिनुका साथै अतिथि निर्णायकले पनि उनको प्रशंसा गरेका थिए ।

बुलन्द आवाज भएता पनि दियाले शोमा भोटकै कारण लगातार बटम थ्रीको सामना गरेकी थिईन् । उनले उत्कृष्ट ११, उत्कृष्ट १० र वाईल्ड कार्डपछि भएको उत्कृष्ट ९ को छनौटका क्रममा गरी ३ पटक बटम थ्रीको सामना गरेकी थिईन् । १३ वर्षीया दिया सिलगुडी भारत निवासी हुन् । उनी शोबाट बाहिरिएता पनि उनको आवाजको अहिले चौतर्फि प्रशंसा भइरहेको छ । हेर्नुहोस् भिडियो सामग्री–

सारेगमप लिटिल च्याम्प्स नेपालमा दियाको अन्तिम प्रस्तुतिका तस्बिरहरु–

सारेगमप लिटिल च्याम्प्स नेपालमा दियाको उत्कृष्ट १० को प्रस्तुतिका तस्बिरहरु–


सारेगमप लिटिल च्याम्प्स नेपालमा दियाको उत्कृष्ट ११ को प्रस्तुतिका तस्बिरहरु–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*