मदन गुरुङले जिते दोस्रो गोल्डेन माईक

Madan Gurung Golden Mic Winer Nepal Idol Biography
१२ पुष २०७८, सोमबार २०:३२
Featured Video Play Icon
Madan Gurung Golden Mic Winer Nepal Idol Biography

मकवानपुर, १२ पुस । नेपाल आईडल सिजन ४ मा गोरखाका मदन गुरुङले दोस्रो गोल्डेन माईक प्राप्त गरेका छन् । काठमाडौँ अडिसनमा सहभागी भएका मदनले गोल्डेन माईक जितेसँगै उनी गाला राउण्डमा प्रवेश गरेका छन् । यसअघि पोखरा अडिसनमा पर्वतका राजकुमार परियारले पहिलो गोल्डेन माईक प्राप्त गरेका थिए । मदनले आफ्नो आवाजमार्फत निर्णायकहरुको मन जितेका थिए ।

गोरखाका मदन गुरुङ हाल काठमाडौँको सामाखुशीमा बस्छन् । संगीतलाई जीवनको अभिन्न अंगका रुपमा लिने मदनलाई उनकी जिवनसँगीनीले पनि संगीतमा लाग्न प्रेरणा दिएकी छिन् । आफ्नो जीवनसँगीनीकै सहयोगका कारण आफुले जीवनमा नयाँ परिवर्तनहरु गर्न सकेको उनी बताउँछन् । हेर्नुहोस् भिडियो सामग्री–

मदनको अडिसन राउण्डका केही तस्बिरहरु–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*