क्षितिज पौडेलले जिते पहिलो पफोमर अफ द डे अवार्ड

Kshitiz Paudel Voice Kids Nepal Biography
१२ पुष २०७८, सोमबार १३:०२
Featured Video Play Icon
Kshitiz Paudel Voice Kids Nepal Biography

मकवानपुर, १२ पुस । द भोइस किड्स नेपालको लाईभ राउण्डमा कोच मिलन नेवारको टिमबाट प्रस्तुति दिएका क्षितिज पौडेलले पहिलो पफोमर अफ द डे अवार्ड प्राप्त गरेका छन् । कोच मिलन र कोच राजुको टिमबाट प्रस्तुति दिएका १२ जना प्रतियोगीमध्ये क्षितिजले पफोमर अफ द डे अवार्ड जितेका हुन् । उनले लाईभ राउण्डमा दर्शकहरुको र निर्णायकहरुको मन जितेका थिए ।

क्षितिजले यसअघि कोच राजुको टिमबाट ब्याटल भिडेका थिए । उनलाई कोच मिलनले स्टिल गरेकी हुन् । १० वर्षीय क्षितिज रामेछाप निवासी हुन् । हाल उनी कलंकी बस्छन् । कक्षा ४ मा अध्ययनरत क्षितिज गायक बन्ने लक्ष्य राख्छन् । उनले सानैदेखि विद्यालय र घरमा गीत गाउने गरेको उनका बुवा दिपक पौडेल र आमा कल्पना पौडेल बताउँछन् । हेर्नुहोस् भिडियो सामग्री–

ब्लाईण्ड अडिसनमा क्षितिज पौडेलका तस्बिरहरु–

ब्याटल राउण्डमा क्षितिज पौडेलका तस्बिरहरु–

लाईभ राउण्डमा क्षितिज पौडेलका तस्बिरहरु–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*