रोशा फुयाँललाई दोस्रो पटक सर्वाधिक भोट

५ पुष २०७८, सोमबार १०:५७
Featured Video Play Icon

मकवानपुर, ५ पुस । सारेगमप लिटिल च्याम्प्स नेपालकी चर्चित प्रतियोगी रोशा फुयाँलले पून सर्वाधिक भोट प्राप्त गरेकी छिन् । शोको पहिलो सतप्रतिशत मत प्राप्त गरेकी रोशाले दोस्रो पटक सर्वाधिक भोट प्राप्त गर्न सफल भएकी हुन् । सर्वाधिक भोट प्राप्त गरेसँगै उनी उत्कृष्ट ८ मा पुग्ने पहिलो प्रतियोगी समेत बनेकी छिन् । उनले गत साता निर्णायकबाट ४९ अंक र दर्शक भोटबाट ५० अंक प्राप्त गर्दै जम्मा ९९ अंक प्राप्त गरेकी थिईन् । उनलाई कृपा पौडेल र अरुण सुनारले दोस्रो र तेस्रो सर्वाधिक भोट प्राप्त गर्दै पछ्याई रहेका छन् । रोशाले यस हप्ता नै चाट बस्ट र ब्लक बस्टर समेत पाएकी छिन् ।

रोशाले सारेगमप लिटिल च्याम्प्स नेपालमा पहिलो पफोमर अफ द विक अवार्ड जित्दै पहिलो टप स्कोरर समेत बन्न सफल भएकी थिईन् । उनी नै निर्णायक अंक र दर्शक भोटमा सतप्रतिशत अंक प्राप्त गर्ने पहिलो प्रतियोगी पनि हुन् । उनले अहिलेसम्म ७ पटक चाट बस्टर र ६ पटक ब्लकबष्टर पाएकी छिन् । १४ वर्षिया रोशा, झापाको मेची नगर निवासी हुन् । रोशालाई संगीत सिकाउनकै लागि उनकी आमा घरभन्दा टाढा बिर्तामोडमा कोठा भाडामा लिएर बसोबास गरिरहेकी छिन् । सुरुमा सनलाईट म्युजिक बिर्तामोडमा कृष्ण योञ्जनसँग संगीत सिकेका उनले त्यसपछि सरोज वत्ससँग सप्तकमा संगीत सिक्दैछिन् । सानैदेखि संगीतमा रुचि देखाएकी रोशाले मेची नगरमा भएका धेरै प्रतियोगिताहरुमा समेत जित हासिल गरेकी छिन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*